फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्रीद्बारा चीन-यूरोप उद्योग-वाणिज्य शिखर सम्मेलनलाई सम्बोधन

(GMT+08:00) 2015-06-30 09:18:48
        चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले स्थानीय समय अनुसार हिजो उन्नतीस तारिख दिउँसो ब्रुसेल्समा यूरोपेली संघका अध्यक्ष जीन क्लाउड जङ्करसँग भेटवार्ता गर्नुभयो। उहाँले चीन-यूरोप उद्योग-वाणिज्य शिखर सम्मेलनमा सहभागी भई सम्बोधन पनि गर्नुभएको छ।

        सारा विश्वमा रहेका दुईवटा महत्वपूर्ण आर्थिक समुदायको हैसियताले समस्त विश्वको आर्थिक समन्वय र दबावको सामना गर्ने क्रममा चीन र यूरोपले दायित्वपूर्वक सँगै मिलेर अन्तर्राष्ट्रिय उत्पादित उर्जा सहयोगलाई अघि बढाउँदैजाने कुरा प्रधानमन्त्री लीले औंल्याउनुभएको छ।

        यूरोपेली संघका अध्यक्ष जङ्करले वर्तमान अन्तर्राष्ट्रिय बैकिङ्ग संकटबाट निस्कन र विश्वब्यापी चुनौतीको सामना गर्नका लागि यूरोप तथा चीन बीच अझ सशक्त र आपसी हितयुक्त सहयोगात्मक साझेदारी सम्बन्धको स्थापना गर्न निकै आवश्यक रहेको बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ