फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्रीद्बारा फ्रान्सको औपचारिक भ्रमण शुरु

(GMT+08:00) 2015-06-30 09:13:44
      गणतन्त्र फ्रान्सका प्रधानमन्त्री मानुएल भालसको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले स्थानीय समय अनुसार हिजो जुन उन्नतीस तारिख राति विशेष विमानद्बारा पेरिस दे काउले विमानस्थल पुगी फ्रान्सको औपचारिक भ्रमण सुरु गर्नु भएको छ। उहाँका साथमा श्रीमती छङ होङ पनि रहनुभएको छ।

       प्रधानमन्त्री लीको सम्मानमा फ्रान्सेली पर्यावरण, दिगो विकास र उर्जा मन्त्री रोयल लगायतका उच्च सरकारी पदाधिकारीहरूको विमानस्थलमा उपस्थिति थियो।

       भ्रमण अवधिमा प्रधानमन्त्री लीले फ्रान्सेली राष्ट्रपति फ्रान्कोइस होलान्डसँग भेटघाट गर्नुका साथै प्रधानमन्त्री भालससँग वार्ता गर्नुहुने कार्यक्रम रहेको छ। यसबाहेक उहाँले बेग्लाबेग्लै गरी फ्रान्सेली सिनेट तथा राष्ट्रिय सभाका सभामुखसँग भेट-वार्ता गर्नुहुनेछ। पेरिसका अतिरिक्त उहाँले मार्सेलको भ्रमण गर्नुका साथै चीन-फ्रान्स उद्योग-वाणिज्य शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ।

       प्रधानमन्त्री ली सत्रौं चीन-यूरोपेली संघका नेताहरू बीचको भेटघाटमा सहभागी भएपछि पेरिस पुग्नुभएको हो।

जानकारी तथा लेखहरु
सुझाउ