फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन यूरोपका नेता बीच महत्वपूर्ण वार्ता

(GMT+08:00) 2015-06-30 17:56:34
     सत्रौँ चीन-यूरोपका नेता बीचको भेटघाट स्थानीय समय अनुसार हिजो जुन उन्नतीस तारिख दिउँसो ब्रुसेल्समा भएको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग, यूरोप परिषद्का अध्यक्ष डोनाल्ड टुस्क र यूरोपेली संघका अध्यक्ष जीन क्लाउड जङ्करले संयुक्त रुपमा उक्त भेटघाटको अध्यक्षता गर्नुभएको छ।

     चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङ्गले आज तीस तारिखका पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त भेटघाटमा अनेकन् महत्वपूर्ण वास्तविक उपलब्धि प्राप्त भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार, चीन र यूरोप दुवै पक्षले भेटघाट सम्बन्धी संयुक्त बक्तव्य र जलवायु परिवर्तन सम्बन्धी संयुक्त बक्तव्य प्रकाशित गरेका छन्। यसबाहेक, दुवै पक्ष बीच विज्ञान-प्रविधि, बौद्धिक सम्पदा अधिकार, क्षेत्रीय नीति र भंसार आदि विषय सम्बन्धी विविध सहयोगी दस्तावेज पनि सम्पन्न भएको छ।

      उक्त भेटघाटको क्रममा चीन र यूरोपका नेताहरूले इरानको आणविक समस्या, मध्य-पूर्व र आफगानिस्तान लगायतका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयहरूबारे गहन रुपमा वैचारिक आदान-प्रदान गर्नुभएको जानकारी पनि प्रवक्ता ह्वाले दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ