फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा इजिप्टका जनरल वकीलको हत्याप्रति निन्दा

(GMT+08:00) 2015-06-30 19:13:33
      चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङ्गले आज तीस तारिख पैचिङमाआयोजित नियमित पत्रकार सम्मेलनमा इजिप्टका जनरल वकील हिशाम बाराकटलाई आतंकवादी आक्रमणबाट हत्या गरिएकोमाचीनले निन्दा गर्नुका साथै सबै खालका आतंकवादको विरोध गरेको कुरामा जोड दिनुभएको छ।

      प्रवक्ता ह्वाका अनुसार, चीनले स्थिरताको संरक्षण गर्न इजिप्टले गरेको प्रयासलाई समर्थन गर्नुका साथै इजिप्टमा चाँडै स्थिरता र विकासको लक्ष्य पूरा हुनसक्ने आशा गरेको छ।

      प्राप्त जानकारी अनुसार, इजिप्टेली जनरल वकील हिशाम बाराकटको हिजो उन्नतीस तारिखका दिन आतंकवादी आक्रमणमा हत्या भएको बताइएको छ।

जानकारी तथा लेखहरु
सुझाउ