फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले सगरमाथा पर्यटकीय क्षेत्र जुलाई एकदेखि खोल्ने

(GMT+08:00) 2015-06-30 19:22:31
       तिब्बत स्वायत्त प्रदेशको सिगाच्छे शहरमा पर्ने टिङ्ग्री जिल्ला अन्तर्गत पर्यटन व्यूरोका अनुसार गत अप्रिल 25 मा नेपालमा गएको भूकम्पपछि बन्द भएको तिब्बती सगरमाथा पर्यटन क्षेत्र र भोलि जुलाई एक तारिखदेखि खुल्ने भएको छ। सगरमाथाको पूर्वतिरको कामा पर्यटकीय क्षेत्र सम्पूर्ण रुपमा खोलिसकेको पनि समाचारमा जनाइएको छ।

       नेपालमा गएको विनासकारी भूकम्पपछि आकस्मिक रुपमा उद्धार कार्य गर्नका लागि र पर्यटकलाई सुरक्षा दिनका लागि चीन सरकारले तिब्बती सगरमाथा पर्यटकीय क्षेत्रलाई अस्थायीरुपमा बन्द गरेको थियो।

       टिङ्ग्री जिल्लाको पर्यटन व्यूरोका प्रमुख छ औले भोलि जुलाई एक तारिखदेखि सगरमाथा पर्यटकीय क्षेत्र खुल्ने र त्यसतर्फको राज मार्ग समय सीमामा चल्ने योजना बनाएको कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ