फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री ली चीन युरोप शहरीकरण साझेदारी सम्बन्ध मञ्चमा

(GMT+08:00) 2015-06-30 19:23:09
      सिन्ह्वा समाचार समितिका अनुसार चीनको राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ्ग स्थानीय समयमा हिजो जुन 29 तारिख ब्रसेल्समा युरोपेली संघ समितिका अध्यक्ष जीन क्लाउड जङ्करसँग चीन युरोप शहरीकरण साझेदारी सम्बन्ध मञ्च 2015 मा सहभागी हुनु भएको छ।

      प्रधानमन्त्री ली ख छ्याङ्गले सो मञ्चलाई सम्बोधन गर्दै औद्योगीकरण तथा शहरीकरण आधुनिकीकरणका जुम्ल्याहा रहेको बताउँदै बिगत तीस वर्षदेखि औद्योगीकरण द्रुत गतिमा विकसित भएकाले चीनको शहरीकरण कार्य विश्वमा उल्लेखीय रहेको बताउनुभयो। सन् 1978 मा चीनको शहरीकरणको दर 17.92 प्रतिशत थियो भने 2014 मा यो दर बढेर 54.77 प्रतिशत पुगेको छ।

      युरोपेली संघ समितिका अध्यक्ष जीन क्लाउड जङ्करले आफ्नो सम्बोधनमा प्रधानमन्त्री ली ख छ्याङ्गको भनाइबाट युरोप र चीनबीचको शहरीकरण सहयोगात्मक उद्देश्य स्पष्ट भएको बताउनुभयो। उहाँले चीनसँग मिलेर आपसी सहयोग बढाउने र आदान-प्रदान गर्ने कुरामा चीनको महत्वपुर्ण सहयोगात्मक साझेदारी रहने आशा पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ