फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन नेपालबीच भूकम्पपछि पुनर्निर्माण सम्बन्धि सम्झौतामा हस्ताक्षर

(GMT+08:00) 2015-07-23 19:41:16
        तेइस तारिख विहान चीन सरकार तथा नेपाल सरकारबीच द्बिपक्षीय वार्ताद्वारा गत जुन पच्चीस तारिख आयोजित नेपालको पुनर्निर्माण सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा चीनले दिएको बचन बमोजिम सहायता कार्यन्वयनबारे छलफल गरेका छन। साथै आपसमा भूकम्पपछि पुनर्निर्माण सम्बन्धि सम्झौता-पत्रमा हस्ताक्षर पनि सम्पन्न भएको छ।

       उक्त सम्झौतामा नेपालको लागि एक करोड अमेरिकी डलर बराबर नगद सहायता तथा नेपालको बी.पी. कोइराला क्यान्सर अस्पतालको लागि चिकित्सा प्रबन्ध चीनले प्रदान गर्नेछ।

       चीनका उप वाणिज्य मन्त्री चाङ स्याङछन तथा नेपालका अर्थ सचिव सुमनप्रसाद शर्माले दुई सरकारका तर्फबाट उक्त पत्रमा हस्ताक्षर गर्नुभएको हो।

जानकारी तथा लेखहरु