फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतद्बारा चिनियाँ पर्यटकलाई डिजिडल भिसा

(GMT+08:00) 2015-07-30 18:47:01

चीनका लागि भारतीय राजदूताबासको वेभसाइटले आव जुलाई तीस तारिख बिहीबार सार्वजनिक गरे अनुसार, भारतले तीस तारिखदेखि चिनियाँ नागरिकलाई पर्यटनको डिजिडल भिसा वितरण सुरु गरेको छ।

उक्त कदमले अझ बढी चिनियाँलाई भारत भ्रमण गर्न प्रेरित गर्ने दूताबासले जनाएको छ।

सन् 2015 मा चिनियाँ पर्यटकलाई लक्षित गरी "भारतीय पर्यटन वर्ष " मनाइदै छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत मे महिनामा चीनको भ्रमण गर्दा उक्त कार्यक्रम मनाउनका लागि भारतले चिनियाँ नागरिकलाई पर्यटनको डिजिडल भिसा वितरण गर्ने कुरा व्यक्त गर्नुभएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ