फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2022 मा हिउँदे ओलम्पिक खेलकुदको दौडमा पैचिङ्गको जित

(GMT+08:00) 2015-07-31 19:15:56

मलेसियाको क्वालालाम्पूरमा आज जुलाई 31 तारिख आयोजित अन्तर्राष्ट्रिय ओलम्पिक परिषद्को 128 औँ पूर्ण बैठकले मतदान गरी पैचिङ्गलाई सन् 2022 मा हिउँदे ओलम्पिक खेलकुद आयोजना गर्ने अनुमति दिएको छ।

सन् 2008 को ग्रीष्मकालीन ओलम्पिक खेलकुदको सफलतापूर्वक आयोजना गरेपछि पैचिङ्गले सन् 2013 मा औपचारिक रुपमा सन् 2022 हिउँदे ओलम्पिक खेलकुद र हिउँदे प्याराओलम्पिक खेलकुदको आयोजना गर्न आवेदन गरेको थियो।

प्रतिस्पर्धामार्फत पैचिङ्गले आफ्नो श्रेष्ठताद्बारा सन् 2015 को जुलाई 31 तारिख अन्य आवेदक शहरलाई जितेर सन् 2022 मा हिउँदे ओलम्पिक खेलकुदको आयोजना गर्ने अधिकार प्राप्त गरेको छ। त्यसैगरी पैचिङ्ग सारा विश्वमा ग्रीष्मकालीन ओलम्पिक खेलकुद र हिउँदकालीन ओलम्पिक खेलकुद दुवैको आयोजना गर्ने एक मात्र शहर पनि बनेको छ।

जानकारी तथा लेखहरु
सुझाउ