फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तानका तालिवानद्बारा ओमारको मृत्यु भएको पुष्टि

(GMT+08:00) 2015-07-31 19:16:57

अफगानिस्तानको तालिवानले हिजो जूलाई तीस तारिख बिहीबार राति एउटा वक्तव्य प्रकाशित गरी उक्त संगठनका नेता मुल्लाह मोहम्मद ओमारको मृत्यु भइसकेको कुरा स्वीकार गरेको छ। तर उनको मृत्यु भएको ठोस् समय तथा स्थान सो वक्तव्यमा उल्लेख छैन।

उक्त वक्तव्यले तालिवान सशस्त्र समूह तथा ओमारको परिवारको तर्फबाट रोगका कारण ओमारको मृत्यु भइसकेको कुरा बताएको छ।

हिजै पाकिस्तानको विदेश मन्त्रालयले एउटा वक्तव्य प्रकाशित गरी तालिवानका सर्वोच्च नेता ओमारको मृत्यु भएकाले अफगानिस्तानको तालिवानी नेताहरूको आग्रहका कारण आज जुलाई एकतीस तारिख शुक्रबार पाकिस्तानमा हुने अफगानिस्तानको शान्तिबारेको दोस्रो चरणको वार्तालाई पछाडि सारिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ