फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तान सरकार र तालिवान बीचको शान्ति वार्ताबारे चीनको भनाइ

(GMT+08:00) 2015-07-31 19:17:28

पूर्वनिर्धारित समयअनुसार आज जूलाई एकतीस तारिख शुक्रबार पाकिस्तानमा हुने भनिएको अफगानिस्तान सरकार र तालिवान बीचको दोस्रो चरणको शान्ति वार्ता पछि सारिएको छ। यसका लागि चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले हिजो जूलाई तीस तारिख आयोजित नियमित्र पत्रकार सम्मेलनमा चीनले यसलाई बुझेको कुरा व्यक्त गर्नुभएको छ।

प्रवक्ता लु खाङ्गले सम्बन्धित प्रश्नको जवाफ दिँदै चिनियाँ पक्षले सम्बन्धित पक्षलाई अफगानिस्तानको राष्ट्रिय एकता तथा दीर्घकालीन शान्तिलाई महत्व दिन शान्ति प्रक्रिया जारी राख्न आव्हान पनि गर्नुभएको छ। शान्ति वार्ता नै अफगानिस्तानी जनता तथा विभिन्न पक्षको साझा हितसित अनुकुल हुनुका र क्षेत्रीय शान्ति तथा स्थिरताका लागि फाइदाजनक भएको कुरा पनि उहाँले व्यक्त गर्नुभएको छ।

प्रवक्ता लुले चीन पाकिस्तानसँग यसक लागि सक्रियताका साथ प्रयास गर्न इच्छुक रहेको कुरा बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ