फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दौत्य सम्बन्धको 60औं वार्षिकोत्सवमा चीन र नेपालका राष्ट्रप्रमुखद्वारा शुभकामना सन्देश आदानप्रदान

(GMT+08:00) 2015-08-01 08:58:25
आज अगष्ट एक तारिख चीन नेपाल दौत्य सम्बन्ध स्थापना भएको 60औँ वार्षिकोत्सवका अवसरमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र नेपालका राष्ट्रपति डा रामवरण यादवले शुभकामना सन्देशहरु आदानप्रदान गर्नु भएको छ।

शुभकामना सन्देशमा चीन र नेपाल राम्रा छिमेकी मुलुक, अलस मित्रराष्ट्र र साझेदार मुलुक भएको राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ। राष्ट्राध्यक्ष सीका अनुसार, दौत्य सम्बन्ध स्थापना भएको 60 वर्षदेखि दुइ मुलुकको सम्बन्ध स्थिरताका साथ विकसित भएर युगौंयुगसम्म मैत्रीपूर्ण रुपमा चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्ध रहेको छ। राष्ट्राध्यक्ष सीले भन्नु भएको छ दुई मुलुकबीचको सम्बन्ध विकासमाथि मैले उच्च महत्व दिएर सम्बन्धमा अझ बढी उपलब्धि हासिल गर्न र दुई मुलुकका जनतालाई फाइदा पुर्‍याउन नेपालतपाईंसँगै प्रयास गर्ने इच्छा लिएको छु।

चीन र नेपालको दौत्य सम्बन्ध स्थापना भएदेखि विभिन्न क्षेत्रमा दुई मुलुकको सहयोग क्रमशः गहन पार्नुका साथै जनस्तरमा मैत्री सम्बन्ध क्रमशः सबल हुँदै गएको नेपालका राष्ट्रपति डा रामवरण यादवले व्यक्त गर्नुभएको छ। नेपालमा भयंकर भूकम्प गएको बेलामा चीन सरकार र जनताले उदारमा गरेको सहयोगको स्मरण गर्दै उहाँले त्यसकालाई चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद व्यक्त गर्नु भएको छ। नेपालले एक चीनको नीति दृढताका साथ पालन गरेर बताउँदै उहाँले चीनको निरन्तर विकास र स्मृद्धिका लागि शुभकामना व्यक्त गर्नु भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ