फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दौत्य सम्बन्धको 60औं वार्षिकोत्सवमा चीन र नेपालका प्रधानमन्त्रीको शुभकामना सन्देश

(GMT+08:00) 2015-08-01 09:09:10

आज अगष्ट एक तारिख दौत्य सम्बन्ध स्थापना भएको 60औं वार्षिकोत्सवका अवसरमा चीनका प्रधानमन्त्री ली ख छ्याङ्ग र नेपालका प्रधानमन्त्री सुशील कोइलाराले आपसमा शुभकामना सन्देश आदानप्रदान गर्नु भएको छ।

शुभकामना सेन्देशमा चीन र नेपाल सधैँ नै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा सम्बन्धको विकास गरेर ठूलो-सानो छिमेकी मुलुकबीच समान तथा मैत्रीपूर्ण सहअस्तित्व हुने नमूना भएको कुरा प्रधानमन्त्री लीले व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिक्ता र प्रादेशिक अखण्डताको सुरक्षा गर्न नेपालको प्रयासलाई चीनले सधैं नै समर्थन गरेको पनि उहाँले उल्लेख गर्नु भएको छ। नेपालले लिएको एक चीनको नीतिको अडानप्रति चीनले उच्च प्रशंसा गरेको व्यक्त गर्दै चीनले नेपालसँग युगौंयुगसम्म मैत्रीपूर्ण सम्बन्ध र चौतर्फी सहयोगात्मक साझेदारी सम्बन्धलाई अझ उचाइमा उकास्ने इच्छा लिएको पनि प्रधानमन्त्री लीले आफ्नो सन्देशमा व्यक्त गर्नु भएको छ।

चीन नेपालको भरोसायोग्य मैत्रीपूर्ण छिमेकी मुलुक, घनिष्ट मित्रराष्ट्र र भरपर्दो विकसित साझेदारी मुलुक भएको सन्देशमा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले व्यक्त गर्नुभएको छ। नेपालले एक चीनको नीतिको दृढताका साथ पालना गरेको उल्लेख गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनद्बारा दिइएको समर्थन तथा सहयोगप्रति नेपालको तर्फबाट धन्यवाद व्यक्त गर्नुभएको छ। विनासकारी भूकम्प तथा अन्य प्राकृतिक प्रकोपपछिको पुनः निर्माणमा दुइ मुलुकको मैत्रीपूर्ण सहयोग अझ सबल पारिने विश्वास उहाँले गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ