फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र नेपालका पराष्टमन्त्रीबीच शुभकामना सन्देश आदानप्रदान

(GMT+08:00) 2015-08-01 09:13:37

आज अगष्ट एक तारिख चीन नेपाल दौत्य सम्बन्ध स्थापना भएको 60औँ वार्षिकोत्सवका अवसरमा चीनका परराष्ट्रमन्त्री वाङ्ग यी र नेपालका परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले शुभकामना सन्देशहरु आदानप्रदान गर्नु भएको छ।

शुभकामना सन्देशमा दौत्य सम्बन्ध स्थापना भएको 60वर्षदेखि चीन र नेपालले आपसीलाई सम्मान, समर्थन गरेर समान तथा हितकर आधारमा विभिन्न क्षेत्रको सहयोगलाई अगाडि पढाएर दुइ मुलुकका जनतालाई व्यावहारिक फाइदा पुर्‍याएको मन्त्री वाङ्गले व्यक्त गर्नुभएको छ। नेपालको अप्रिल 25 तारिखमा भयंकर भूकम्प गएपछि दुइ मुलुकले हातमा हात मिलाएर प्रकोपको उद्धार गरेको उद्दार गर्दै नेपालको पुनःनिर्माणको अन्तर्राष्ट्रिय बैठकमा आफू सहभागी भएर चीनले नेपाललाई सहयोग गर्ने कार्यक्रम घोषणा गरिएको उहाँले स्मरण गर्नु भएको छ। यो प्रारुपमा चीनले नेपाललाई अझै बढी सहयोग गर्ने इच्छा लिएको पनि उहाँले उल्लेख गर्नु भएको छ।

चीन नेपालको भरपर्दो छिमेकी मुलुक, मित्रराष्ट्र र साझेदारी मुलुक भएको नेपालका परराष्ट्रमन्त्री पाण्डेले व्यक्त गर्नुभएको छ। नेपाललको भूकम्पमा उद्धार र प्रकोपपछि पुनःनिर्माणमा चीन सरकार र जनताले धेरै सहयोग गरेकोमा नेपालको तर्फबाट उहाँले धन्यवाद व्यक्त गर्नु भएको छ। विगत 60 वर्षमा चीनद्बारा हासिल गरिएको आर्थिक तथा सामाजिक उपलब्धिको प्रशंसा गर्दै चीनको विकासले नेपाललाई फाइदा पुर्‍याउने विश्वास गरेको उहाँले व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ