फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा चीन नेपाल सम्बन्धको पदयात्रा

(GMT+08:00) 2015-08-02 18:23:35

नेपाल–चीन सम्बन्धको 60औँ वर्षगाँठका अवसरमा हिजो अगष्ट एक तारिख शनिबार काठमाडौँमा पदयात्रा सम्पन्न भएको छ। राजनीतिज्ञ, नेपाल तथा चीनसँग आबद्ध व्यक्ति, विभिन्न क्षेत्रका व्यक्ति, कर्मचारी, सञ्चारकर्मी, सर्वसाधारण र नेपालमा रहेका चिनियाँहरू पदयात्रा कार्यक्रममा सहभागी भएको कान्तिपुर अनलाइनले लेखेको छ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, मुख्यसचिव लीलामणि पौड्याल र नेपालका लागि चिनियाँ राजदूत उ छुन्थाईले संयुक्त रूपमा उद्घाटन गर्नुभएको पदयात्रा प्रज्ञा प्रतिष्ठानबाट आरम्भ भएर वसन्तपुर दरबार स्क्वायरमा पुगेर टुंगिएको थियो।

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री पाण्डेले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउँदै द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको 60औँ वार्षिकोत्सवलाई स्मरणीय बनाउन यस्तो कार्यक्रमले थप हौसला मिल्ने बताउनुभयो। 'समस्यारहित र सुमधुर सम्बन्धलाई थप उचाइमा लगेर अघि बढ्नुपर्छ,' उहाँले भन्नुभयो।

पदयात्रा वसन्तपुरमा पुगेर समापन गर्दै भूकम्पबाट भएको क्षति र उद्धारका लागि निर्वाह गरेको सहयोगको पनि सम्झना गरिएको थियो। कार्यक्रममा चिनियाँ राजदूत उ छुन्थाईले नेपाल–चीन सम्बन्ध विश्वास, सद्भाव र सहकार्यमा यहाँसम्म आएको बताउनुभयो। नेपाल र चीनबीचको आत्मीय सम्बन्ध दिगो र थप उचाइमा पुग्ने उहाँले बताउनुभयो। चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन 60औँ वर्षगाँठका अवसरमा पदयात्रा गरिएको बताउनुभयो।

जानकारी तथा लेखहरु