फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्मृति समारोहमा आउने पत्रकारका लागि दर्ता प्रक्रिया सुरु हुँदै

(GMT+08:00) 2015-08-03 18:58:29

चालू वर्ष चिनियाँ जनताले जापानी अतिक्रमण विरोधी युद्ध एवम् विश्व फासिस्ट विरोधी युद्धमाथि गरेको विजयको 70 औं वार्षिकोत्सव हो। त्यसको सम्झना गर्न आगामी सेप्टेम्बर 2 र 3 तारिख चीनले पैचिङ्गमा भव्य स्मृति समारोहको आयोजना गर्ने भएको छ। त्यसका लागि चिनियाँ तथा विदेशी सम्वाददातालाई स्वीकृतिका लागि प्रक्रिया सुरु भएको प्रचार-प्रसार विभागका जिम्मेवार अधिकारीले जनाएका छन्।

स्मृति समारोहमा रिपोर्टिङ्ग गर्नका लागि विदेशी सम्वाददाताले अगष्ट 3 तारिखदेखि 18सम्म वेभसाइटमा दर्ता गर्नुपर्नेछ। वेभसाइटको ठेगाना-reg.kzjn70.cn रहेको छ।

अर्को जानकारीअनुसार, चिनियाँ तथा विदेशी सम्वाददातालाई प्रेस सूचना दिनका लागि स्मृति समारोह अवधिमा पैचिङ्गमा प्रेस केन्द्रको पनि स्थापना हुनेछ।

जानकारी तथा लेखहरु