फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राजमार्गको विकासपछि तिब्बतको मोथो जिल्लामा सुधार

(GMT+08:00) 2015-08-11 19:22:33

        गालुङला पहाड तिब्बत स्वायत्त प्रदेशीय लिन्ची शहरको मोथो जिल्लामा पर्दछ जुन समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको छ। त्यहाँको जलवायु अस्थिर भएकाले हिमस्खलन, पहाडी पहिरो जस्ता कार्य भइरहेका हुन्छन्। त्यसै कारणले सन् 2013 अघि चीनको मन पा जाति र लोपा जाति मुख्यतः बसोबास भएको मोथो जिल्ला चीनको एक मात्रै राजमार्ग नभएको जिल्ला थियो। त्यसअघि यातायात सुविधा नभएको कारणले एकचालीस वर्षीय मन पा जातीय तान चङ च्याङछोले अरुको सामान बाक्ने काम गर्दथ्ये।

         बीसौँ शताब्दीको साठ्ठीऔँ दशकदेखि देशले मोथो राजमार्ग निर्माण गर्न धेरै प्रयास गरेका थियो तर रकम अभाव र मोथोको भौगोलिक अवस्था जटिल भएकोले सबै विपल भयो। त्यसपछि सन् 2008 मा देशले फेरि ठूलो मात्रामा लगानी गरी जटिलता हटाउँदै बल्ल सन् 2013 मा मोथोबाट बाहिर निस्किने पहिलो राजमार्ग संचालन भएको छ।

         यातायात अवस्था सुधार हुँदा मोथोको सम्बन्धित आवश्यक प्रबन्ध पनि धेरै सुधार भएको छ र विभिन्न उद्योग पनि धेरै विकास भएको छ। पहिला मान्छेलाई सामान बोकाएर बाहिर पुर्‍याउनु पर्ने कुरा अब इतिहास बनेको छ। तान चङ च्याङछोले पनि ट्रक चलाएर सामान ढुवानी गर्ने जागिर खान थालेका छन्। उनका अनुसार, राजमार्ग संचालन भएयता घुम्न आएका पर्यटकको संख्या पनि बढेको छ र पर्यटक बस्ने होस्टेलको संख्या पनि बढेको छ। स्थानीय सर्वसाधारणको जीवनस्तरमा धेरै सुधार भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ