फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी चिनियाँ संचारमाध्यमद्वारा स छ्वानको तिब्बती जातीय क्षेत्रमा भ्रमण

(GMT+08:00) 2015-08-14 19:32:16

       चीनको शान्तिपूर्ण एकीकृत प्रबर्द्धन समितिबाट गठन भएको विदेशी चिनियाँ संचारमाध्यम स छ्वान तिब्बती जातीय क्षेत्र यात्रा कार्यक्रम हिजो तेह्र तारिख सुरु भएको छ। अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्यूजिल्याण्ड, इटली, जर्मनी, अस्ट्रिया, पोर्चुगल, पोल्याण्ड, दक्षिण अफ्रिका आदि देशका चौध वटा चिनियाँ मिडियाका पत्रकारहरु कान च, आबा तिब्बती जातीय क्षेत्र पुगेर स्थानीय जातीय तथा धार्मिक संस्कृति र तिब्बती जातीय किसान तथा पशुपालकको आधुनिक जीवनको अनुभव लिनेछन्।

       एक साता हुने कार्यक्रममा पत्रकारहरुले तिब्बती क्षेत्रको गाउँ, स्कूल, अस्पताल, उद्योगको भ्रमण गरी त्यहाँको नयाँ पर्यटन उद्योगको विकास, घाँसे मैदानको संरक्षण, पशुपालकको नयाँ घरभवन आदि अवस्थाको गहिरो रुपमा बुझेर आ-आफ्ना आँखाबाट साँचै तिब्बती क्षेत्रको जीवनको अनुभव लिने भएका छन्।

         चीनको शान्ति एकीकृत प्रबर्द्धन समितिका कार्यकारी उप महासचिव हाङ युआन स्याङले सो कार्यक्रमबाट विदेशी चिनियाँ मिडियाका पत्रकारले तिब्बती क्षेत्रको साँचै अवस्थाबारे बुझ्नसक्ने र उनीहरुको रिपोर्टबाट विदेशमा बस्ने चिनियाँलाई राष्ट्रिय जातीय नीतिको पालना अवस्थाबारे बुझ्न सहयोग गर्नसकिने आशा आफूले लिएको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ