फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कानून बमोजिम तिब्बतको व्यवस्थापन गरिने राष्ट्राध्यक्ष सीको भनाइ

(GMT+08:00) 2015-08-26 09:48:05
    चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको छैटौं तिब्बत कार्य गोष्ठी गत अगष्ट चौब्बीसदेखि पच्चीस तारिखसम्म पैचिङ्गमा आयोजना गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ्गले गोष्ठीलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

    गोष्ठीमा सहभागी हुँदा राष्ट्राध्यक्ष सीले कानून बमोजिम तिब्बतको व्यवस्थापन गर्ने, तिब्बत र तिब्बती जनतालाई सम्पन्न र समृद्ध पार्ने, दीर्घ रुपमा तिब्बतको निर्माण गर्ने, जनताको मुटुलाई एकै ठाउँमा पार्ने र आधारलाई सुदृढ पार्ने भन्ने विषय चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनपछि केन्द्रीय समितिले प्रस्तुत गरेको तिब्बत कार्यको महत्वपूर्ण सिद्धान्त रहेको कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ