फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको भित्री भूभागबाट तिब्बतसम्म पेट्रोल पाइपलाइनको विस्तार

(GMT+08:00) 2015-08-27 18:46:38
     सिन्ह्वा समाचार समितिका अनुसार चीनको तिब्बत स्वायत्त प्रदेशको उत्तरी भागमा विश्वकै सबैभन्दा उच्च भागमा रहेको जिल्ला स्वाङ्क हु पर्दछ। अहिले चीनको भित्री भागबाट तिब्बत जाने पेट्रोलियम पाइपलाइन सो जिल्लासम्म पुगेको छ।

     स्वाङ्क हु जिल्लामा रहेको पेट्रोल स्टेशन विश्वकै सबैभन्दा उच्च भागमा रहेको पेट्रोल स्टेसन पनि भएको छ। स्वाङ्क हु जिल्ला सरकार,उद्योग व्यवसाय र स्थानीयले सो पेट्रोल स्टेशनबाट पेट्रोल प्राप्त गर्न थालेका छन्।

     हाल तिब्बतमा रहेका 74 वटा जिल्ला वा क्षेत्रमध्ये 69 वटामा पेट्रोल स्टेशन निर्माण गरिएको छ। बाँकी 5 वटा क्षेत्रमा पेट्रोल पाइपलाइनको प्रबन्ध कार्य भइरहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ