फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत कार्यको मुख्य विन्दुमा ध्यान दिइने

(GMT+08:00) 2015-08-28 09:36:37
      जन-दैनिक अखवारले आज अगष्ट अठाईस तारिख "तिब्बत कार्यको मुख्य विन्दुमा ध्यान दिने—चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको छैटौं तिब्बत कार्य गोष्ठी सम्बन्धी महासचिव सी चिन फिङ्गको सम्बोधनको भावनाको अध्ययन"शीर्षकमा एक लेख प्रकाशित गरेको छ।

      लेखमा भनिएको छ: चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको छैटौं तिब्बत कार्य गोष्ठीमा महासचिव सी चिन फिङ्गले तिब्बत कार्यको मुख्य विन्दुलाई मातृभूमिको एकीकरणको संरक्षण गर्ने र जातीय एकतालाई मजबुत पार्ने विषयमा राख्नुपर्ने कुरा औँल्याउनुभएको छ।

      महासचिव सीको महत्वपूर्ण सम्बोधनले तिब्बतको सामाजिक स्थिरता र दीर्घकालीन सुरक्षाको निकै महत्वपूर्ण वास्तविक र रणनीतिक अर्थलाई प्रकाश पारेको कुरा पनि उक्त लेखमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ