फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतको आली

(GMT+08:00) 2015-08-30 18:47:29
    सन् 2015को जुलाई चौब्बीस तारिख चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका आठजना सम्वाददाता तिब्बतको आली क्षेत्रमा समाचार सङ्कलनका लागि गएका थिए। आली क्षेत्र तिब्बतको सबभन्दा पश्चिमी भागमा पर्दछ। त्यहाँको औसत उचाई समुद्र सतहदेखि 4 हजार 5 सय मिटरभन्दा उच्च रहेको छ। त्यस ठाउँलाई विश्व छानोको छानो भनिन्छ।

     फु लान जिल्ला पत्रकारहरुका लागि आली पुगेपछिको पहिलो मुकाम थियो। त्यहाँको उचाइ समुद्र सतहदेखि 3 हजार 9 सय मिटर रहेको छ। जुन चीन, भारत र नेपाल तीनवटा मुलुकको सीमा जोडिएको ठाउँमै पर्दछ। त्यहाँ सुन्दर हिउँद पहाड, रमणीय तो यौ गाउँ, कारोबार निकै समृद्ध हुने सीमा ब्यापारिक बजार हुनुका साथै लामो इतिहास बोकेको र नेपाल जान त्यति टाढा नरहेको प्राचीन गुम्बा अर्थात् ख च्या गुम्बा पनि रहेको छ। यसबाहेक, त्यहाँका "भगवान पहाड"र "पवित्र ताल"पनि निकै आकर्षित देखिन्छन्।

     फु लान जिल्लामा ठडिएको काङरन्पोछी पहाडको उचाई समुद्र सतहदेखि 6 हजार 6 सय 56 मिटर रहेको छ। त्यस पहाडलाई कैशाल पर्वत पनि भनिन्न। विविध धर्ममावलम्बीले यसलाई "भगवान पहाड"को रुपमा मान्ने गरेका छन्। वर्षैभरि त्यस पहाडको चुचुरोलाई सेतो हिउँले ढाकेको हुन्छ। पहाडको फेदीमा चराहरू उडिरहेका छन् भने स्वच्छ पानी पनि बगिरहेको छ। हरेक वर्ष चीनको मुख्य भूमि, भारत र नेपालका अधिकांश धर्मावलम्बीहरूले त्यहाँ गएर तीर्थयात्रा र पूजा-आजा गर्ने गर्दछन्। काङरन्पोछी पहाड एक चक्रको दूरी 53किलोमिटर रहेको छ। कोही धर्मावलम्बीले एक हप्ता लगाएर त्यो पहाडलाई एक चक्कर लगाउन सक्छन्।

     जा दा जिल्ला आलीका चारवटा खोलामध्येको एक अर्थात् स्याङ्ग छ्युआन खोलाको किनारमा पर्दछ। त्यसको छेउ हजारौं वर्षको इतिहास बोकेको प्राचीन गुम्बा थो लिन गुम्बा अवस्थित छ। स्याङ्ग छ्युआन खोलाको स्वच्छ पानी जा दा जिल्लामाझ बगिरहेको छ।

     हरेक बिहान चारै दिशाबाट आउने फोटोप्रेमीहरू जा दा जिल्लामा अवस्थित कुक राजवंशको भग्नावशेष अगाडि भेला भई सूर्य उदाउने बित्तिकै सुनौलो किरणबाट कुक राजवंशको भग्नावेशमाथि ढाकिने सुन्दर दृश्यको अवलोकन गर्न पर्खिरहेका हुन्छन्। कुक राजवंशको दरबार पहाडको उच्च चुचुरोमा निर्माण गरिएको थियो भने पहाडको फेदीमा थुप्रै साना-साना गुफाहरू छन्। ती गुफा सर्वसाधारण र दास-दासीहरूका आवास भवन थिए।

     कुक राजवंश प्राचीन इतिहास बनिसके पनि त्यसबाट छाडिएको सांस्कृतिक सम्पदाले अहिलेसम्म त्यहाँ बसोबास गर्ने जनतालाई प्रभाव पार्दैआएको छ। "श्युआन ऊ"भन्ने नाच कुक राजवंशको एक किसिमको दरबार अतिथि नाच हो। जुन आली क्षेत्रमा रहेको ज्यादै मूल्यवान र विशेषतायुक्त कला नै हो। त्यस नाचबाट तिब्बती जातीय लुगाफाटाको प्रदर्शन गरिनुका साथै त्यसमा तिब्बती देशबन्धुहरूले प्रकृतिको माया र कदर गर्ने गहिरो भावना पनि भरिपूर्ण देखिन्छ। हाल जा दा जिल्लाको लोक कला हलका युवा नर्तकर नर्तकीहरूले मिहिनेतसँग एउटा तिब्बती जातीय नाचगान नाटकको अभ्यास गरिरहेका छन्। उनीहरूले आधुनिक लय र अभिनयमार्फत जीवनको माया अभिव्यक्त गर्न खोजेका छन्। "श्युआन ऊ"भन्ने नाच निकै मन्द भएको कारण त्यो नाच मन पर्ने युवा-युवतीहरूको संख्या झन् झन् कम हुँदैआएको छ। यस दृष्टिबाट हेर्दा "श्युआन ऊ"भन्ने नाचको उत्तराधिकारको सामु ठूलो चुनौती पनि देखा परेको छ।

     बिहान पत्रकारहरुले स्याङ्ग छ्युआन खोला पार गरी श छ्युआन ह बस्तीतर्फ प्रस्थान गरेका छन्। स्याङ्ग छ्युआन खोला वरिपरि मानिसको संख्या निकै कम छ। त्यसै कारण त्यहाँलाई पठार भूमिका विभिन्न किसिमका जनावरहरूको स्वतन्त्र भगवान मानिन्छ।

     श छ्युआन ह बस्ती मातहतको लुमा गाउँमा हिंड्दा पत्रकारहरुले त्यसै गाउँमा कार्यरत तिब्बती महिला चिकित्सक आङ चोसँग भेटेका छन्। उनले वर्षभरि गाउँमा बसेर गाउँलेहरूका लागि औषधोपचार गर्ने गर्दछन्। गाउँमा रहेका सबै मानिसहरूले उनको ज्यादै सम्मान गर्दछन्। उनका दुईजना सुन्दरी नातिनी घर बाहिर खेलिरहेका छन्। ग्रीष्मकालीन बिदाको अवधिमा गाउँमा रहेका अन्य बालकहरूमध्ये प्राय:जसो भेडा-बाख्रापाल्न गएका छन्। त्यसैले दुईजना नातिनीले सँगै खेल्ने साथीलाई खोज्न निकै गाह्रो छ।

      र थु जिल्लामा रहेको पान कोङ्ग ताल निकै सफा छ। स्वच्छ पानीबाट नीलो आकाशको छायाँ स्पष्टसँग प्रतिबिम्बित गरिन्छ। तिब्बती भाषामा त्यस तालको नाउँको अर्थ लामो घाँटी भएकोहाँस भन्ने हो। समस्त तालको कूल क्षेत्रफल 6 सय वर्ग किलोमिटरभन्दा बढी छ। त्यस तालको सबभन्दा ठूलो विशेषता के हो भने तालमा नूनको मात्रा फरक फरक छ। तालको पूर्वी भागमा ताजा पानी छ भने पश्चिमी भागमा बढी नुनिलो पानी छ। त्यो पान कोङ्ग ताल चराहरूको सुखमय भगवान हो। त्यही तालमा सारा विश्वको सबैभन्दा उच्च चरा टापु अवस्थित छ। हजारौं चराहरू त्यहाँ बसोबास गरिरहेका छन्।

      आली हजारौँ पहाडको चुचुरो हुनुका साथै विशाल पानीको उद्गम स्थल पनि हो। आली जनावरहरूको भगवान हुनुका साथै तिब्बती जातिको संस्कृति प्रचलित ठाउँ पनि हो। त्यहाँ निलो आकाश, सेतो बादल, फराकिलो घाँसे मैदान, स्वच्छ पानी र अधिकांश भेडा-बाख्राहरू रहेको मात्र नभई अक्सिजन अभाव हुने कठिन अवस्थामा मिहिनेतसँग चीनको दक्षिण-पश्चिमी सीमावर्ती क्षेत्रको निर्माण र संरक्षण गर्ने सर्वसाधारण तथा सरकारी कर्मचारीहरू रहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ