फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पहिलो रेशमी मार्ग थ्यआन शान मञ्च सुरु

(GMT+08:00) 2015-08-31 18:39:41

पहिलो रेशमी मार्ग थ्याआन शान मञ्च हाल सिञ्च्याङ्गको उरुमुछी शहरमा आयोजना भएको छ। चिनियाँ अन्तर्राष्ट्रिय साँस्कृतिक आदानप्रदान केन्द्र, पूर्व चिनियाँ कूटनीतिज्ञ परिषदको मुख्य संयोजनमा सिन्च्याङ्ग अन्तर्राष्ट्रिय आर्थिक तथा साँस्कृतिक विकास केन्द्रले सो मञ्चको आयोजना गरेको हो। यस मञ्चको मुख्य लक्ष्य रेशमी मार्गको आर्थिक करिडोरको निर्माणका लागि दीर्घकालीन र रणनीतिक दृष्टिकोणसहित नागरिक आदानप्रदान मञ्चको स्थापना गर्नु भन्ने रहेको छ।

सो मञ्चमा मुख्य अतिथि मुलुक पाकिस्तान, अफ्गानिस्तानका विशेषज्ञ, प्राध्यपक र चीनका लागि पूर्व राजदूतले चीनका सम्बन्धित क्षेत्रका विशेषज्ञहरुसँग रेशमी मार्ग आर्थिक करिडोरको निर्माणमा चीन र पाकिस्तान तथा अफ्गानिस्तानबीचको पारस्परिक सम्पर्क र सहयोगबारेमा छलफल गरेका छन्। उनीहरुको मतैक्यता छ: गत वर्ष चीनले प्रस्तुत गरेको उत्पादित क्षमता सहयोग सम्बन्धी नयाँ अवधारणा "एक पेटी एक मार्ग"को निर्माणका लागि नयाँ बाटो प्रदान गरिएको छ। चीनको सुधार तथा खुलापनको तीसभन्दा बढी वर्षयता चीनको उपकरण उत्पादन, सिमेन्ट आदि व्यवसाय तीब्र गतिमा विकसित भइरहेको देखिन्छ भने यी व्यवसाय नै मध्यएशियाली मुलुकको विकासका चाहना हुन्। जसबाट हेर्दा यी व्यावसायिक क्षेत्रमा द्बिपक्षीय उत्पादन क्षमता सहयोगको भविष्य उज्यालो छ।

जानकारी तथा लेखहरु
सुझाउ