फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तेह्रौं चिनियाँ शान्ति सुरक्षा फौजलाई संयुक्त राष्ट्र संघको प्रशंसा इनाम

(GMT+08:00) 2015-08-31 18:40:03

हाल दक्षिण सुडानका लागि संयुक्त राष्ट्र संघीय विशेष समूहले त्यहाँ स्थित तेह्रौं चिनियाँ शान्ति सुरक्षा फौजका लागि पुरस्कार वितरण समारोहको आयोजना गरेको छ। समारोहमा संयुक्त राष्ट्र संघीय विशेष समूहका चीफ अफ जनरलले चिनियाँ सुरक्षा फौजको उत्कृष्ट प्रयासको प्रशंसा गर्नुका साथै शारीरिक श्रमिक सेना तथा चिकित्सा सेना दुई चिनियाँ शाखा टोली र विशिष्ट सेनालाई दक्षिणी सुडान समूहको "विशेष योगदान पुरस्कार" र "चीफ अफ जनरलको विशेष प्रशंसा पुरस्कार"वितरण गर्नुभयो।

संयुक्त राष्ट्र संघीय विशेष समूहका चीफ अफ जनरलका अनुसार चिनियाँ शान्ति सुरक्षा फौजसँग कडा तथा निष्पक्ष अनुशासन,पेशागत सेवा र उल्लेखनीय उपलब्धि रहेको देखिन्छ।

थाहा भएअनुसार तेह्रौं चिनियाँ शान्ति सुरक्षा फौजका जम्मा 331 जना रहेका छन्। ती सेनामध्ये 112 जनासँग दुई पटकभन्दा बढीको शान्ति सुरक्षाको अनुभव रहेको छ। टोली दश महिनाको शान्ति सुरक्षा कार्य समाप्त गरेपछि यस सेप्टेम्बरको मध्यमा स्वदेश फर्कने भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ