फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै

(GMT+08:00) 2015-09-01 18:45:54

पढ्ने संस्कृतिको विकासका लागि प्रवर्द्धन गर्न मङ्गलबार नेपालमा आठौँ राष्ट्रिय पुस्तकालय दिवस मनाइँदैछ । सिंहदरबार मूल ढोकाबाट प्रभातफेरि प्रस्थान गरी रुसी सांस्कृतिक केन्द्रमा पुगी सम्मान र प्रवचनलगायत कार्यक्रम गरी दिवस मनाइने शिक्षा मन्त्रालयका सहप्रवक्ता सरस्वती पोखरेलले जानकारी दिनुभयो। दिवस मनाउन मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।

विसं 1869 भदौ 15का दिन तत्कालीन राजा गीर्वाणयुद्धविक्रम शाहले पं केदारनाथ झालाई किताब तहबिलखानाको अध्यक्ष तोकको दिनलाई पुस्तकालय दिवस मनाइँदै आएको छ।

जानकारी तथा लेखहरु
सुझाउ