फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल वायुसेवा निगमद्वारा आजबाट भारतको बैंग्लोर उडान सुरु

(GMT+08:00) 2015-09-01 18:46:16

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आजदेखि भारतको बैंग्लोर उडान सुरु गरेको छ। निगमको एयरबस ए320-200 जहाजले 90 यात्रु बोकेर पहिलो उडान गरेको हो। काठमाडौं-बैंग्लोर उडान निगमले 2006 मा बन्द गरेको थियो । जहाज अभावमा बन्द गरिएको उडान एयरबस आएसँगै सुरु गरिएको हो। निगमले बैंग्लोर सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ।

बैंग्लोरबाट विदा मनाउन नेपाल आउने र नेपालबाट बैंग्लोर जाने यात्रुहरुलाई लक्षित गर्दै उडान सुरु गरेको निगमले जनाएको छ । निगमले पहिलो उडानमा बैंग्लोरबा 33 यात्रु लिएर फर्किने अनलाईन खबरले लेखेको छ। निगमले भदौ 18 गतेदेखि मुम्बई उडान सुरु गर्दै छ । यहाँ निगमले बुधबार, शुक्रबार र सोमबार उडान गर्ने तयारी गरिरहेको छ । मुम्बई निगमका लागि पोटेन्सियल गन्तव्य हो।

निगमले यूरोपेली जहाज निर्माता कम्पनी एयरबससँग ए320-200 सिरिजका दुईवटा जहाज खरिद गरेपछि उडान विस्तार गरिरहेको छ । निगमले नयाँ जहाजबाट पहिलो उडान दिल्ली गरेको थियो ।अन्तर्राष्ट्रिय उडान भर्ने जहाजको संख्या 4 पुगेपछि निगमले बैंग्लोर, मुम्बई उडान सुरु गर्न लागेको हो । यससँगै निगमले कलकत्ता पनि नियमति उडान भर्ने तयारी गरिरहेको छ।

निगमले भारतपछि दुबई र चीनको क्वाञ्चौमा आगामी अक्टोबर महिना देखि उडान भर्ने जनाएको छ । दुबै गन्तव्यमा यात्रुहरुको चाप उच्च रहेको छ । नेपालमा सबैभन्दा बढी पर्यटक आउने मुलुकमा चीन दोस्रो स्थानमा रहेको छ भने दुबई नेपालबाट ठूलो संख्यामा कामदार जाने मुलुक हो । दुबईबाट पनि ठूलो संख्यामा नेपाल आउने गर्छन्।

जानकारी तथा लेखहरु
सुझाउ