फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पपछिको नेपालको पर्यटन क्षेत्रलाई पुनः जगाउन नयाँ लोगो र नारा सार्वजनिक

(GMT+08:00) 2015-09-01 18:46:35

विनाशकारी भूकम्पपछि मुलुकको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा तीव्र गतिले अगाडि बढाउन राष्ट्रिय पर्यटन प्रवर्द्धन समितिले नयाँ प्रवर्द्धनात्मक लोगो र नारा सार्वजनिक गरेको छ। समितिले तयार पारेको 'नेपाल : ब्याक अन टप अफ द वर्ल्ड' नामको लोगो र नारा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाले सोमबार आयोजित कार्यक्रममा सार्वजनिक गर्नुभयो।

गत वैशाख 12 मा गएको शक्तिशाली भूकम्प र त्यसपछि निरन्तर गइरहेका परकम्पपछि पर्यटन क्षेत्रमा पुगेको क्षति आँकलनसँगै पुनर्निर्माण र पुनरुत्थानका काम अगाडि बढिरहेको जनाउँदै समितिले विश्व बजारमा सकारात्मक सन्देश प्रवाह गर्न लोगो र नारा सार्वजनिक गरेको हो। समितिका अनुसार निरन्तर गइरहेको परकम्पले उच्च पर्यटन याममा असर गर्ने भएपछि पर्यटन उद्योगलाई पहिलेभन्दा उत्कृष्ट बनाउन पुनर्निर्माण र पुनरुत्थान काममा सरकारसहित सम्बद्ध निकाय र सरोकारवाला सबै दिलोज्यानले खटिरहेका छन्। लोगो र नारा सार्वजनिक गर्नुको उद्देश्य भनेको समिति तथा पर्यटन क्षेत्रका सम्पूर्ण सरोकारवालाले पर्यटकका लागि नेपाल सुरक्षित रहेको तथा यस क्षेत्रमा पहिलेभन्दा नेपालमा हेर्न मिल्ने थुप्रै गतिविधि रहेको सन्देश फैलाउनु रहेको नागरिकन्यूज डट कमले जनाएको छ।

समितिका अनुसार नेपालका सांस्कृतिक सम्पदा, ट्रेकिङ रुट, पर्वतारोहण मार्ग तथा पर्यटक आकर्षण सबै सञ्चालनमै रहेको र पर्यटकलाई स्वागत गर्न तयार रहेका छन्। पर्यटन उद्योगलाई पुनर्ताजगी दिँदै नेपाल सामान्य अवस्थामा फर्किसकेको सन्देश विश्वमाझ पुर्यारउने लक्ष्यको संयुक्त प्रयास नयाँ प्रवर्द्धनात्मक लोगो र नारा भएको समितिले जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ