फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका विभिन्न स्थलमा जापानी अतिक्रमण युद्ध विजयको 70औं वार्षिकोत्सव सम्बन्धी विविध कार्यक्रम

(GMT+08:00) 2015-09-01 18:47:03

हालै केही दिनयता चीनका विभिन्न स्थलले जापानी अतिक्रमणमाथि युद्ध विजयको 70औं वार्षिकोत्सव सम्बन्धी विविध स्मृति कार्यक्रमहरुको आयोजना गरेका छन्।

चीनको लाल पर्यटन दशौं किलोमिटर यात्रा भन्ने कार्यक्रमको है लङ्ग च्याङ्ग शाखा संयोजन स्थलको सुरुवात समारोह अगष्ट 31 तारिख चीनको अतिक्रमण गरेको जापानी सेनाको नम्बर 731 फौज अपराधको प्रमाण प्रदर्शनी भवनमा आयोजना गरिएको छ। जापानी अतिक्रमणकारी युद्ध विजयको 70औं स्मृतिमा आयोजित सो कार्यक्रमले "हजारौं पर्यटकको लाल पर्यटकीय क्षेत्रको यात्रा"भन्ने गतिविधि गराउने भएको छ।

त्यस्तै थ्यआन चिन अवस्थित नान खाइ विश्वविद्यालयद्बारा जापानी आतिक्रमण युद्ध सुरु हुनुअघि प्रकाशित "उत्तर-पूर्वी भूगोल पाठ्य पुस्तक" पुनः प्रकाशन गरिएको छ। नान खाई विश्वविद्यालय र चाङ्ग पो लिङ्ग विचारधारा अनुसन्धान समितिले हाल सो पुस्तक फेला पारी पुनःप्रकाशन गरेका हुन्। जसबाट चिनियाँ जनताको जापानी अतिक्रमण विरोधी युद्ध र विश्व फासिस्ट विरोधी युद्ध विजयको 70औं वर्षगाँठलाई स्मरण गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ