फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघ सन्2015को तेस्रो चरणको जलवायु वार्ता सुरु

(GMT+08:00) 2015-09-01 18:47:24

संयुक्त राष्ट्र संघ सन्2015को तेस्रो चरण जलवायु वार्ता अगष्ट 31 तारिख जर्मनीको बनमा सुरु भएको छ। पाँच दिने सो वार्ता पेरिस जलवायु सम्मेलन हुनुअघिको दोस्रो चरणको अन्तिम ‌औपचारिक वार्ता हो। 190 वटा मुलुक तथा क्षेत्रबाट आएका प्रतिनिधिहरुले नयाँ जलवायु परिवर्तन सम्झौता आदि विषयबारेमा छलफल गर्ने तालिका रहेको छ।

थाहा भएअनुसार हाल उक्त नयाँ सम्झौताबारेमा सम्बन्धित विभिन्न पक्षबीचको मुख्य मतभेद सन्2020पछि कार्बन उत्सर्जन न्यूनीकरण सम्बन्धी जिम्मेवारी विभाजन र विकसित मुलुकले कसरी जलवायु परिवर्तनमा विकासोन्मुख मुलुकलाई सम्बन्धित पूँजी तथा प्रविधिको समर्थनलाई व्यवहारमा उतार्ने भन्ने रहेको छ। यस वार्तामा चीनले जोड दिए अनुसार पेरिस जलवायु सम्झौता केवल एक उत्सर्जन निष्कासन न्यूनीकरण सम्झौता मात्र नभएर साझा तर विविधता सहित जिम्मेवारीको सिद्धान्त समाविष्ट हुनुपर्छ। जसबाट चौतर्फी तथा सन्तुलित रुपमा न्यूनीकरण,पुँजी,प्रविधिको हस्तान्तरण,क्षमता निर्माण,समर्थन स्पष्टता आदि विभिन्न कारकतत्व प्रतिविम्वित हुनसकोस्।

जानकारी तथा लेखहरु
सुझाउ