फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पन्ध्र मुलुकका संचारकर्मीहरु "रेशमी मार्गको आर्थिक करिडोर सम्बन्धी प्रशिक्षणमा

(GMT+08:00) 2015-09-01 18:47:48

सेम्टेबर एक तारिख एशिया,युरोप,अफ्रिकाबाट "एक पेटी एक मार्ग"का पन्ध्र तटवर्ती मुलुकका 23 जना जिम्मेवार संचारकर्मीहरुले चीनको सिन्च्याङ्ग युगुर स्वायत्त प्रदेशमा राज्य परिषदको प्रेस कार्यालयको मुख्य संयोजनमा आयोजित "रेशमी मार्गको आर्थिक करिडोर सम्बन्धी मुलुकका जिम्मेवार मिडियाकर्मी विषयक प्रशिक्षण मा भाग लिएका छन्।

विदेशका लागि सिन्च्याङ्गको प्रचारप्रसार कार्यलाई प्रवर्द्धन गर्नुका साथै मध्य एशियाली संस्कृतिक आदानप्रदानलाई मजबुत पार्नका लागि राज्य परिषदको प्रेस कार्यालयले सन्2013देखि लगातार दुई वर्षसम्म "एशिया-युरोप छिमेकी मुलुक मिडियाको जिम्मेवारी सम्बन्धी प्रशिक्षण"को आयोजना गर्दै आएको छ। पाकिस्तान, मलेसिया, इजिप्ट, अफ्गानिस्तान, दक्षिण कोरिया, इरान आदि मुलुकबाट आएका ती मिडियाकर्मीहरुले यस प्रशिक्षणमार्फत् प्रत्यक्ष रुपमा केही वर्षयता सिन्च्याङ्गका विभिन्न अभियानका दौरान प्राप्त उल्लेखनीय उपलब्धिको अनुभव गर्नसक्ने आशा लिएका छन्।

यस सेप्टेम्बर एकदेखि छ तारिखसम्मको अवधिमा ती विदेशी मिडियाकर्मीहरुले आर्थिक,सांस्कृतिक,जातिय, धार्मिक, समाचार प्रसारण आदि क्षेत्रको विशेषज्ञता आदानप्रदान गोष्ठीमा भाग लिनेछन्। साथै उनीहरुले चि छाङ्ग,खा श आदि क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ।

जानकारी तथा लेखहरु
सुझाउ