फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौथो विश्व सभामुख सम्मेलन सुरु

(GMT+08:00) 2015-09-01 18:48:13

चौथो विश्व सभामुख सम्मेलन गत अगष्ट 31 तारिखदेखि न्यूयोर्कस्थित राष्ट्र संघीय मुख्यालयमा सुरु भएको छ। यो सम्मेलनले संसदहरुबीचको सहयोग तथा आदान-प्रदानलाई सबल पार्ने, वर्तमान विश्वको चुनौतीको सामना, सन् 2015पछि दिगो विकास एजेन्डाको व्यवहारिक कार्यान्वयन आदि विषयमा नजर पुर्‍याउनेछ।

संसद संघका अध्यक्ष सबेर चौधरीले उद्धादन समारोहलाई सम्बोधन गर्दै यो सम्मेलनको केन्द्रिय विषय दिगो विकास रहेको प्रकाश पार्नुभयो। त्यस्तै राष्ट्र संघका महासचिव बान की मुनले सम्बोधन गर्दै सन् 2015पछि दिगो विकास एजेन्डाको तर्जुमामा संसद संघ र विभिन्न मुलुकका साँसदहरुको प्रभावकारिताको प्रशंसा गर्नुभएको छ।

यो सम्मेलन 2 तारिखसम्म चल्नेछ। लगभग एक सय 40 मुलुकका संसदका नेतागण सम्मेलनमा सहभागी भएका छन्। चिनियाँ जन काँग्रेस स्थायी समितिका प्रमुख चाङ्ग द च्याङ्गले पनि सम्मेलनमा भाग लिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ