फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण कोरियाका राष्ट्रपतिको आशा

(GMT+08:00) 2015-09-01 18:48:35

उत्तर-दक्षिण कोरियाबीच उच्चस्तरीय वार्ता सन्धिमा पुगेपछि दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्यून ह्येले 1 तारिख पहिलोपटक वार्ताको उपलब्धीबारे सम्बोधन गर्नुभएको छ। उहाँका अनुसार, यदि उत्तर र दक्षिण कोरियाले सन्धिलाई व्यवहारमा उतारेमा दुइ पक्षले कोरियाली प्रायद्बीप पृथक् भएको 70 वर्षमा निरन्तर तनावपूर्ण परिस्थिति अन्त्य गर्नुका साथै कोरियाली प्रायद्बीपको शान्ति तथा एकताका लागि सहयोग गर्नसक्छन्।

दक्षिण कोरियाली सञ्चार माध्यमले दिएको जानकारीअनुसार, यो सन्धिले कोरियाली प्रायद्बीपमा तनावपूर्ण अवस्थाको सामनाका लागि मौका दिएको राष्ट्रपति पार्कले बताउनुभयो।

साथै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग उनले अगष्ट 28 तारिख आयोजित दुइ मुलुकबीच उच्चस्तरीय वार्ताको उपलब्धिबारे मूल्याँकन गर्दै दुई मुलुकले यो सन्धिमाथि महत्व दिनुका साथै सन्धिको विषयलाई उपलब्धिमूलक बनाउनुपर्ने कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ