फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङ्ग र थाइवानका प्रतिनिधिहरुबीच भेट-वार्ता

(GMT+08:00) 2015-09-01 18:48:59

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिन फिङ्गले 1 तारिख विहान जनवृहत् सभा भवनमा जापानको अतिक्रण विरोधी युद्ध एवम् फासिस्ट विरोधी विश्व युद्ध विजयको 70औं स्मृति समारोहमा सहभागी हुन आएका थाइवानका प्रतिनिधिहरुसँग भेट-वार्ता गर्नुभएको छ। महासचिव सीका अनुसार, जापानको अतिक्रमण विरोधी युद्धको सफलता आधुनिक समयदेखि चीनले विदेशको आक्रमणको विरोध गर्ने पहिलो पूर्ण विजय हो। थाइवानका देशबन्धुलगायत सबै चिनियाँहरुको साझा प्रयासको नतिजा हो। दुइ किनाराका देशबन्धुहरुले इतिहासको सुदृढ सम्झना गरेर मृतकप्रति स्मरण गर्नुका साथै एक भएर विजय उपलब्धिको सुरक्षा गर्नुपर्छ। साथै देशबन्धुहरुले हातमा हात मिलाएर दुइ किनाराको सम्बन्धको शान्तिपूर्ण विकास गरेर चिनियाँको पुनउत्थानका लागि साझा प्रयास गर्नुपर्छ।

जानकारी तथा लेखहरु
सुझाउ