फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत जातिय स्वायत्त प्रदेशको स्थापना भएको पचासौं वार्षिकोत्सवका अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समिति, चीनको राज्य परिषद्, चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति र चीनको केन्द्रिय सैन्य आयोगको शुभकामना सन्देश

(GMT+08:00) 2015-09-08 14:40:06

चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत जातिय स्वायत्त प्रदेश समिति, चिनियाँ जन काँग्रेसको तिब्बत समिति, तिब्बतको स्थानीय जन सरकार, चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको तिब्बत समिति र तिब्बतको सैन्य विभागः

तिब्बत स्वायत्त प्रदेश स्थापना भएको पचासौं वार्षिकोत्सवको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समिति, चीनको राज्य परिषद्, चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति र चीनको केन्द्रिय सैन्य आयोगले तिब्बतमा बसोबास गर्ने विभिन्न जातिका मजदूर, किसान तथा पशुपालक, बुद्धिजीवीहरु, प्रमुखहरु तथा विभिन्न क्षेत्रका देशभक्तहरू, तिब्बतस्थित जनमुक्ति सेनाका निर्देशक तथा सिपाहींहरु, सशस्त्र प्रहरीका प्रमुख तथा सैनिकहरु, राजनैतिक कानून क्षेत्रमा कार्यरत प्रहरीहरु, तिब्बतको निर्माणमा भाग लिएर यसको समर्थन गर्नुका साथै तिब्बतको विकासमा महत्व दिएर सहयोग पुर्‍याउनुभएका सम्पूर्ण साथीहरुलाई हार्दिक शुभकामना तथा घनिष्ठ अभिवादन गर्न चाहन्छ।

सन् 1965मा तिब्बत स्वायत्त प्रदेशको स्थापना भएको हो। यसबाट तिब्बतको सामाजिक व्यवस्थामा ऐतिहासिक परिवर्तन भयो। गत पचास वर्षदेखि यता चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको शक्तिशाली नेतृत्व तथा चीनभरीका जनताको जोडतोड समर्थनमा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वायत्त प्रदेश समिति र स्थानीय सरकारले यहाँ बसोबास गर्ने विभिन्न जातिका सम्पूर्ण जनतासँग एकताबद्ध भएर कठिनाईको सामना गर्दै आएका छन्। यसबाट तिब्बतका विभिन्न कार्यमा विश्व नै ध्यानाकर्षित हुने उपलब्धिहरु प्राप्त गरिनुका साथै तिब्बतको सामाजिक आकृतिमा पनि आकाश फेरीएको जस्तो ठूलो परिवर्तन भयो। यहाँ जातिय स्वशासन व्यवस्था पूर्ण रुपमा लागू हुनुका साथै विभिन्न जातिका जनताले राजनैतिक, आर्थिक तथा साँस्कृतिक क्षेत्रमा चीनको संविधान र कानूनबाट दिइएको हक अधिकारको पूर्ण उपभोग गरेका छन्। तिब्बतको सुधार तथा खुलापन निरन्तर रुपमा गहन हुनुका साथै आर्थिक दिगो विकास तिब्रताका साथ अघि बढिरहेको छ। जनताको स्तर स्पष्टताका साथ बढ्नुका साथै शिक्षा, स्वास्थ्य र सामाजिक सुनिश्चितता कार्यमा पनि सर्वतोमुखी रुपमा विकास हुँदैआएको छ। तिब्बतको उत्कृष्ठ परम्परागत संस्कृतिको प्रभावकारी रुपमा संरक्षण तथा विकास गरिनुका साथै उच्चस्तरमा यहाँको पर्यावरणीय वातावरणको संरक्षण पनि हुँदैआएको छ। तिब्बतको पृथकता विरुद्धको युद्धको सफलतामा यहाँको समाज स्थिर हुँदैआएको छ। तिब्बतमा समानता, एकता, पारस्परिक सहयोग र मेलमिलापयुक्त समाजवादी जातिय सम्बन्ध दिनप्रति दिन सबल हुँदै आएको छ। तिब्बती जनताले धर्म मान्ने स्वतन्त्रताको पूर्ण कदर तथा संरक्षण गरिएको छ। आधारभूत संगठनहरुको निर्माण निरन्तर रुपमा विकसित हुँदैआएको छ। साथै यहाँ चिनियाँ कम्युनिष्ट पार्टीको शासन जग अझ बलियो देखिन्छ। पूर्ण जैविक शक्ति रहनुका साथै परम्परा तथा आधुनिकता एकै साथमा विकसित हुँदै गएको नयाँ समाजवादी तिब्बत विश्वमा देखा परेको छ। तिब्बतको आगामी दिन अझ उज्ज्यालो हुने भएको छ।

पचास वटा बसन्त बितिसेको छ। तिब्बत स्वायत्त प्रदेशको स्थापना भएको पचास वर्षमा प्राप्त सुरुचिपूर्ण इतिहास चिनियाँ कम्युनिष्ट पार्टीको जातिय नीतिको सफल कार्यान्वयन हो। साथै यसबाट समाजवादी व्यवस्थाको श्रेष्ठता केन्द्रित रुपमा देखा परेको छ। यो तिब्बत स्वायत्त प्रदेशका विभिन्न जातिका प्रमुख तथा सर्वसाधारणले सँयुक्त रुपमा एकताबद्ध भएर प्रयास गरेको महान उपलव्धि पनि हो। इतिहास तथा वास्तविक अवस्थाबाट के कुरा प्रमाणित गरिएको छ भनेः चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व, चिनियाँ विशेषतायुक्त समाजवादी बाटो र जातिय स्वशासन व्यवस्थालाई कायमै राखेमा मात्र तिब्बती जनताले आफू मालिक भएर आफ्नै कार्यको व्यवस्थापन गर्ने अधिकारको ग्यारण्टी गर्नसकिन्छ। तिब्बतको आर्थिक तथा सामाजिक दिगो र स्वस्थ विकासको प्रत्याभूति गर्नसकिन्छ। तिब्बती जनता र चीनभरीका विभिन्न जातिका जनताको समान विकास तथा साझा समृद्धिको लक्ष्यलाई साकार तुल्याउन सकिन्छ। तिब्बतका विभिन्न जातिका जनताको आधारभूत हितको राम्ररी संरक्षण तथा विकास गर्नसकिन्छ।

भविष्यको बाटोमा अझै चुनौति तथा बाधा हुन सक्छ। अब शुरुवातदेखि प्रयास गर्नुपर्छ। हाल चीन सम्पन्न जीवनको सर्वतोमुखी विकास गरी चीन राष्ट्रको महान पुनरुत्थान हुने चिनियाँ सपनालाई साकार तुल्याउने मुख्य चरणमा छ। सारा चीनसँगै तिब्बत पनि नयाँ ऐतिहासिक शुरुवात बिन्दुमा आइपुगेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको छैठौं तिब्बत कार्य गोष्ठीमा तिब्बतको सुधार, विकास तथा स्थिरताबारे मार्ग निर्देशन गरिनुका साथै चौतर्फी बन्दोबस्त गरिएको छ। तिब्बतका विभिन्न जातिका जनताले चिनियाँ विशेषतायुक्त समाजवादको झण्डा माथि उठाएर तङ्ग स्याऊ फिङ्ग सिद्धान्त, "तीन प्रतिनिधित्व" भन्ने महत्वपूर्ण विचारधारा र वैज्ञानिक तवरबाट विकास भन्ने धारणाको निर्देशनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिन फिङ्गका श्रृँखलाबद्ध महत्वपूर्ण सम्बोधनबारे गहन रुपमा अध्ययन गरेर व्यवहारमा कार्यान्वयन गरी "चार क्षेत्रमा सर्वोतोमुखी रुपमा विकास गर्ने" रणनीतिमा चिनियाँ कम्युनिष्ट पार्टीले तिब्बतको व्यवस्थापन गर्ने कार्यनीतिलाई कायमै राखी मातृभूमिको एकिकरणको संरक्षण, जातिय एकतालाई सबल पार्ने कामलाई तिब्बतको सम्बन्धित कार्यको प्रमुख विषयमा राख्नुपर्छ। यसका साथै पृथकता विरोधी युद्ध अटलताका साथ चलाएर आर्थिक तथा सामाजिक विकासको प्रवर्द्धन गरी जनताको स्तरको सुनिश्चितता तथा सुधार गरेर विभिन्न जाति बीचको आदान प्रदानलाई मजबुत पार्नुपर्छ। कानून बमोजिम तिब्बतको व्यवस्थापनलाई कायमै राखी जनतालाई धनी बनाएर तिब्बतको समृद्धि गरी तिब्बतको दीर्घकालीन विकास गरेर जनतालाई एकताबद्ध पारी आधारभूत निर्माणलाई सबल पार्नुपर्छ। यसका साथै देशको सुरक्षा तथा तिब्बतको दीर्घकालीन स्थीरताको प्रत्याभूति गर्नुपर्छ। विभिन्न जातिका जनताको भौतिक तथा साँस्कृतिक जीवन स्तर निरन्तर रुपमा बढाउनुपर्छ। पर्यावरणीय वातारणको राम्रो संरक्षण गर्नुपर्छ। सुखद तथा खुशीयाली वातावरणमा बसोबासका साथै शक्तिशाली रुपमा प्रत्याभूति हुने रमणीय घरबार रहने जातिय एकता, सभ्यता र मेलमिलापयुक्त सम्पन्न समाजको निर्माणका लागि अथक प्रयास गर्नुपर्छ।

तिब्बतमा खटिएका जनमुक्ति सेना, सशस्त्र प्रहरी तथा राजनैतिक कानूनी क्षेत्रमा कार्यरत प्रहरी सीमा क्षेत्रको सुरक्षा र मातृभूमिको एकिकरण तथा तिब्बतको सामाजिक स्थीरताको संरक्षण गर्ने महत्वपूर्ण शक्ति हो। यिनीहरूले चिनियाँ कम्युनिष्ट पार्टी तथा जनताको आशा सदा सर्वदा मनन गरेर पहिलेको राम्रो परम्परा तथा शैलीलाई निरन्तरता दिएर जातिय एकताको संरक्षण तथा प्रवर्द्धन गरी सैनिक तथा राजनैतिक क्षेत्र, सेना तथा जनताबीच र प्रहरी तथा जनताबीचको एकतालाई सबल पारेर तिब्बतको सुधार, विकास तथा स्थीरताका लागि अझ नयाँ योगदान पुर्‍याउनु‌पर्छ।

हामीले कमरेड सी चिन फिङ्ग महासचिव रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको वरीपरी घनिष्ठताका साथ एकताबद्ध भएर हाम्रो विचारलाई एकिकरण गरी हाम्रो भावनालाई प्रोत्साहित गर्दै कठिनाईको सामना गरी नयाँ सिर्जना गरेर तिब्बतको विकास तथा प्रगतिको नयाँ इतिहासका लागि प्रयास गरौं।

तिब्बत स्वायत्त प्रदेशको समृद्धि तथा विकासका लागि शुभकामना।

तिब्बतका विभिन्न जातिका जनताको सुखमय तथा आनन्द जीवनका लागि शुभकामना।

सारा देशका विभिन्न जातिका जनताको महान एकता अमर रहोस्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति,

चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समिति,

चीनको राज्य परिषद्,

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समिति

चीनको केन्द्रिय सैन्य आयोगद्बारा दिइएको शुभकामना सन्देश

2015.9.8

जानकारी तथा लेखहरु