फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बत स्वायत्त प्रदेश स्थापनाको 50औं वार्षिकोत्सव समारोह ल्हासामा आयोजना

(GMT+08:00) 2015-09-08 19:54:31

      तिब्बतका विभिन्न क्षेत्र र जातिका झण्डै बीस हजार अधिकृत तथा सर्वसाधारणहरूले सेप्टेम्बर आठ तारिख ल्हासास्थित पोताला दरबार चोकमा भेला भई रमाइलोका साथ तिब्बत स्वायत्त प्रदेश स्थापनाको 50औं वार्षिकोत्सवलाई मनाएका छन्।

     चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ्गले शुभकामना बोर्डमा "जातीय एकतालाई मजबुत पार्ने र रमणीय तिब्बतको निर्माण गर्ने" भन्ने नारालाई लेख्नुभएको छ।

      चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष यु चङ शङले समारोहलाई सम्बोधन गर्नुभएको छ।

जानकारी तथा लेखहरु