फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन सच्चा मित्र रहेको नेपालका राष्ट्रपतिको भनाइ

(GMT+08:00) 2015-09-28 18:42:19

नेपालका राष्ट्रपति रामवरण यादवले सत्ताईस तारिख राजधानी काठमाण्डौमा चीनको बौद्धिक धार्मिक प्रतिनिधि मण्डलसित भेट-वार्ता गर्नुभएको छ। सो अवसरमा राष्ट्रपति यादवले चीनले नेपाललाई सबभन्दा कठिन अवस्थामा विशेषगरी "अप्रिल पच्चीस"विनाशकारी भूकम्पपछि समयमै सहयोग गरेको बताउँदै कठिन अवस्थाबाट गुज्रिएको नेपाल र चीन सच्चा साथी भएको कुरा व्यक्त गर्नुभयो।

चीनको बौद्धिक धार्मिक प्रतिनिधि मण्डलले हिजो विहान मात्रै भूकम्पपछि पुननिर्माण कार्यका लागि बीस लाख चिनियाँ युआन चन्दा दिएको छ। यही चन्दाले मुख्यतः भूकम्पद्बारा ध्वस्त भएको विश्व साँस्कृतिक सम्पदा एवम् नेपालका मुख्य बौद्ध धार्मिक पवित्र स्थल स्वयम्भूको जीर्णोद्धारमा प्रयोग गरिनेछ। यसका साथै प्रतिनिधि मण्डलले भूकम्पमा बुबा-आमा गुमाएका केटा-केटीलाई पनि सोह्र लाख चिनियाँ युआन चन्दा दिएको छ।

चीनको बौद्धिक धार्मिक प्रतिनिधि मण्डलका प्रमुख श्ये छङ्ग गुरुले चन्दा दान समारोहमा बोल्दै चीनको बौद्धिक धार्मिक क्षेत्रले भूकम्पग्रस्त गौतम बुद्धको जन्मथलोका सर्वसाधारणलाई सहयोग गर्नुपर्ने कुरा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु