फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा आधारभूत जातीय एकता सम्बन्धी श्रेष्ठ प्रतिनिधिहरुसँग भेटवार्ता

(GMT+08:00) 2015-10-01 17:56:50

जन गणतन्त्र चीनको 66‌औँ वार्षिकोत्सवका उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम केन्द्रीय सैनिक आयोगका अध्यक्ष सी चिन फिङले भित्री मंगोलिया, क्वा सी, तिब्बत, निङ्ग स्याउ र सिन्च्याङ्ग पाँच जातीय स्वायत्त प्रदेशबाट आएका आधारभूत जातीय एकताका तेह्र जना श्रेष्ठ प्रतिनिधिसँग भेटवार्ता गर्दै उनीहरुलाई पैचिङ्गमा राष्ट्रिय दिवस मनाउने विभिन्न कार्यक्रममा भाग लिन निमन्त्रणा गर्नुभएको छ।

भेटवार्तामा राष्ट्राध्यक्ष सीले ती तेह्र प्रतिनिधिहरु भिन्न जाति र भिन्न रोजगारबाट आएता पनि एउटै समान विन्दू भएको र उनीहरुले जातीय एकतालाई प्रवर्द्धन गर्ने महाकार्यमा सक्रिय प्रयास गरिरहेको बताउनुभयो। चीन एक एकिकृत बहु जातीय राष्ट्र हो भन्दै राष्ट्राध्यक्ष सीले चीनका विभिन्न जातिहरुले जन गणतन्त्र चीनको विकासका लागि उत्कृष्ट योगदान गरेको बताउनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीले सधैँ जातीय हितमा काम गरेको र विभिन्न जातिको क्षेत्रीय विकासलाई निकै जोड दिँदै आएको छ। चिनियाँ सपनाको संयुक्त निर्माण नै सम्पूर्ण चिनियाँहरुको साझा इच्छा हो भन्दै यो सपनालाई पूरा गर्नु सारा राष्ट्रका विभिन्न जातियहरुको एकताबद्ध शक्तिसित अलग हुनुहुँदैन भन्ने सन्देश पनि राष्ट्राध्यक्ष सीले व्यक्त गर्नु भएको छ। सबै जातीय जनताले वास्तविक गतिविधि गरेर चीनको महान कल्पनाका लागि प्रयास गर्न राष्ट्राध्यक्ष सीले आव्हान गर्नुभएको छ।

1 2 3
जानकारी तथा लेखहरु