फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राज्य परिषदद्वारा नयाँ चीन स्थापना 66औँ वार्षिकोत्सव समारोह

(GMT+08:00) 2015-10-01 17:57:44

जन गणतन्त्र चीन स्थापनाको 66औं वार्षिकोत्सवका अवसरमा चिनियाँ राज्य परिषदले सेप्टेम्बर 30 तारिख राति जन वृहत सभा भवनमा रात्रिभोज समारोहको आयोजना गरेको छ। राष्ट्राध्यक्ष सी चिन फीङ्ग, प्रधानमन्त्री ली ख छ्याङ्ग लगायत नेतागण र लगभग एक हजार एक सय जना उच्च स्तरीय व्यक्तिहरु सो समारहोमा सहभागी भई नयाँ चीनको जन्म दिवस मनाउनु भएको छ।

प्रधानमन्त्री ली ख छ्याङ्गले समारोहमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राज्य परिषदको प्रतिनिधित्वमा चीनका विविध जातीय जनतालाई हार्दिक बधाई व्यक्त गर्नुभयो। हङ्गकंङ्ग, मकाउ र थाइवानका देशबन्धु र विदेशमा बसोबास गरेका चिनियाँ मूलका विदेशी तथा प्रबासी चिनियाँहरुलाई हार्दिक अभिवादन व्यक्ति गर्दै प्रधानमन्त्री लीले चिनियाँ आधुनिकीकरण निर्माणमा नजर पुर्‍याउने र सहयोग दिने अन्तर्राष्ट्रिय मित्रलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

खुशीयाली संगीतमा चिनियाँ तथा विदेशी सहभागीहरुले नयाँ चीन स्थापना भएको 66औँ वार्षिकोत्स मनाउनुका साथै चीनको समृद्धि तथा प्रगति, विविध जातीय जनता खुशी र सुखी हुने तथा चिनियाँ जनता र विदेशी जनताबीचको मित्रता तथा सहयोग अमर रहने शुभकामना व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु