फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सम्भावित पेट्रोल खानीको अन्वेषण र उत्खननलाई अघि बढाउन पूर्वी नेपालको मोरङका वासिन्दाको माग

(GMT+08:00) 2015-10-03 17:52:07

मोरङको बाहुनी 9 मा रहेको सम्भावित पेट्रोल खानीको अन्वेषण र उत्खननलाई अघि बढाउन मोरङवासीले माग गरेका छन्। उत्खननका लागि सम्झौता गरेका कम्पनी नआएका कारण अघि बढ्न सकेको छैन। अन्वेषण र उत्खनन जिम्मा पाएको नेदरल्यान्डको एक कम्पनीले 3 हजार 520 मिटर ड्रिल गरेपछि थप काम अघि बढ्न नसकेको ईकान्तिपुर अनलाईनले जनाएको छ।

थप कामका लागि केही अमेरिकी र क्यानेडियन संस्थाले सम्झौता गरेका थिए तर थप काम नभएको खानी तथा भूगर्भ विभागले जनाएको छ। विभागले सबैलाई पत्र काटेको बताएको छ । सम्झौता गर्ने कम्पनीको समयावधि सकिन 6 महिना मात्र बाँकी छ । 039 मा पेट्रोलियम पदार्थ रहेको भन्दै सरकारले अन्वेषण सुरु गरेको हो । 043 देखि 045 मा यसलाई तीव्र गतिमा अघि बढाएको थियो तर अहिलेसम्म काम हुन सकेको छैन।

भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला 2045 मा सरकारले खानी उत्खनन काम तीव्र गतिमा अघि बढाएको थियो । तर, त्यही बेला अचानक रोकिएको पेट्रोल अन्वेषणको काम अझै सुरु भएको छैन। बाहुनीमा रहेको उक्त क्षेत्र नेपालको तराईका 10 वटा सम्भावित पेट्रोल पाइने क्षेत्रमध्ये 10 औं नम्बरमा पर्छ । यसअघि यो खानीको क्यानेडियन कम्पनी सेल नेपाल बीबीले एरो म्याग्नेटिक सर्भे र डिटेल साइस्मिक सर्भे गरिसकेको छ । त्यस बेला 3520 मिटर ड्रिलिङ गरिएको थियो । पेट्रोल भएको या नभएको भन्ने विषयमा पूर्ण जानकारी लिन 4 हजार मिटर ड्रिलिङ गर्नुपर्ने अध्ययनले देखाएको छ ।

यद्यपि अहिलेसम्मको अनुसन्धानले पेट्रोल रहेकै सम्भावना बढी रहेको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । अहिले पेट्रोल खानीको सुरक्षाका लागि सरकारले 2 जना चौकीदार राखेको छ । यही आर्थिक वर्षमा 5 लाख लागतमा वरिपरि घेराबारासमेत भएको छ । तर, खानी अन्वेषण र उत्खनन जिम्मा पाएको अमेरिकी बीबीबी च्याम्पियन कम्पनीले अझै काम अघि बढाएको छैन।

जानकारी तथा लेखहरु