फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

15 वर्षमा हरितगृह ग्याँस निष्काशन 33प्रतिशतले घटाउने भारतको योजना

(GMT+08:00) 2015-10-03 17:59:24
विश्व जलवायु परिवर्तनको सामना गर्ने राष्ट्रसंघीय लक्ष्य र दिगो विकासका लागि 15 वर्षभित्रमा भारतले हरितगृहको ग्याँस निष्काशन 33 प्रतिशतदेखि 35 प्रतिशतसम्मले घटाउने घोषणा त्यहाँको सरकारले गरेको छ।

2 तारिख आयोजित पत्रकार सम्मेलनमा भारतीय वातावरण मन्त्री प्रकाश जावादेकारले भारतको हरितगृहको ग्याँस उत्सर्जन घटाउने पछिल्लो लक्ष्य निष्पक्ष र बोल्ड भएर निष्काशन कम गर्ने र राष्ट्रिय आर्थिक निर्माणको सम्बन्धलाई सन्तुष्ट पार्ने कुरा व्यक्त गर्नुभयो।

भारत सरकारले "भारतबाट अठोठ गरेर दिने योगदान" शीर्षकको दस्तावेजमा उक्त लक्ष्य प्रस्तुत गरेको हो। साथै भारतले जलवायु परिवर्तनको सामना गर्न कोषको स्थापना गर्नेछ।

यो निष्काशन घटाउने योजना चालू वर्षको अन्तिममा फ्रान्सको पेरिसमा आयोजित जलवायु परिवर्तन सम्मेलनका लागि भएको भारतीय अधिकारीले जनाएको छ।

जानकारी तथा लेखहरु