फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कुन्दुजस्थित"डाक्टर्स् विदाउट बोर्डर" सँस्थामाथि हवाइ आक्रमण

(GMT+08:00) 2015-10-03 18:00:23

"डाक्टर्स विदाउट बोर्डर" संस्थाले तीन तारिख एउटा वक्तव्य प्रकाशित गरी उत्तरी अफगानिस्तानको कुन्दुजमा पर्ने उक्त सँस्थामा त्यसै दिन विहान सबेरै लगातार भएका विस्फोटनमा तीन जना कर्मचारी मारिएको पुष्टी गरेको छ।

अफगानिस्तानमा तैनाथ नेटोको सेनाले आज सँचारमाध्यमलाई जनाएअनुसार, अमेरिकी सेनाले सबेरै कुन्दुजमा लक्षित् केही हवाइ कार्वाही गरेको थियो। कार्वाहीका कारण चिकित्सा सँस्था धेरै क्षतिग्रस्त भएको छ भने हाल दुर्घटनाको छानबीन भैरहेको जनाइएको छ।

अफगानिस्तानको राजधानी काबुलको उत्तरी भागदेखि 250 किलोमिटर टाढा पर्ने कुन्दुज शहर अफगानिस्तानको पाँचौँ ठूलो शहर हो । यसै वर्षदेखि तालिवान सशस्त्र विद्रोहीले आक्रमण गरेका शहरमध्येको कुन्दुज पनि एक हो। सेप्टेम्बर अठ्ठाईस तारिख कुन्दुज शहरलाई तालिवानी सँगठनले कब्जा गरेको थियो। अक्टोबर एक तारिख अफगान प्रहरीले जनाएअनुसार, अफगानिस्तान राष्ट्रिय सुरक्षा सेनाले अमेरिकी युद्ध विमानको सहयोगमा कुन्दुज शहरको नियन्त्रण अधिकार पुनः फिर्ता गरेको छ।

जानकारी तथा लेखहरु