फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिका र चीनको आदान-प्रदान गति सुस्त नहुने अमेरिकी विदेशमन्त्रीका सहायकको स्पष्टोक्ति

(GMT+08:00) 2015-10-03 18:01:22

अमेरिकी विदेशमन्त्रीका सहायक डानियल रुसेलले 2 तारिख वाशिन्टनमा बोल्दै अमेरिका र चीनका नेतागणबीचको वार्ताले प्रशस्त उपलब्धि हासिल गरेको धारणा व्यक्त गर्नुभएको छ। साथै दुई मुलुकका नेतागणले मतभेदबारे प्रत्यक्ष, सदिच्छापूर्ण र रचनात्मक वैचारिक आदान-प्रदान गरेकाले आपसी आदान-प्रदानको गति सुस्त नहुने पनि उहाँले बताउनुभएको छ।

गत सेप्टेम्बर 22 तारिखदेखि 25सम्म चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले अमेरिकाको राजकीय भ्रमण गर्दाका दौरान दुवै पक्षले 49 महत्वपूर्ण मतैक्यता र उपलब्धि हासिल गरेका थिए।

अमेरिका विदेश मन्त्रालयमा पूर्वी एशिया र प्रशान्त मामिला सम्बन्धी सहायक मन्त्री रुसेलले 2 तारिख पत्रकार सम्मेलनमा राष्ट्राध्यक्ष सीको भ्रमणमा आपसी आर्थिक तथा व्यापारिक आदान-प्रदान, साइबर सुरक्षा, जलवायु परिवर्तन, सैन्य तथा साँस्कृतिक आदान-प्रदान आदि क्षेत्रको सहयोगमा प्रगति हासिल भएको जानकारी दिनुभयो।

उहाँका अनुसार, दुई मुलुकका राष्ट्रानायकले यो भ्रमणमार्फत् द्बीपक्षीय सम्बन्धमा रहेको मतभेदबारे प्रत्यक्ष, सदिच्छापूर्ण र रचनात्मक वैचारिक आदान-प्रदान गर्नुभएबाट यो भ्रमणको महत्व देखिएको छ।

अमेरिकी विदेश मन्त्रालयद्बारा जारी वक्तव्य अनुसार, अमेरिकी उप-विदेशमन्त्री एन्थोनी ब्लीन्केनले 8 तारिख पैचिङ्गको भ्रमण गरेर अझ बढी आपसी सहयोगबारे चिनियाँ अधिकारीसँग छलफल गर्ने जनाइएको छ।

जानकारी तथा लेखहरु