फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दौत्यसम्बन्ध स्थापनाको पच्चीसौं वार्षिकोत्सवमा चीनका राष्ट्राध्यक्ष र सिंगापुरका राष्ट्रपतिबीच बधाई सन्देश आदान प्रदान

(GMT+08:00) 2015-10-03 18:06:16

चीन-सिंगापुर दौत्य सम्बन्धको स्थापनाको पच्चीसौँ वार्षिकोत्सवका उपलक्ष्यमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र सिंगापुरका राष्ट्रपति तोनि तान केङ्ग येनले तीन तारिख बधाइ सन्देश आदान प्रदान गर्नुभएको छ।

बधाइ सन्देशमा राष्ट्राध्यक्ष सीले सिंगापुरसित सँयुक्त प्रयास गरी आपसी पारस्परिक राजनैतिक विश्वासलाई गहन पार्न, व्यावहारिक सहयोगमा नयाँ उपलब्धि हासिल गर्न तथा चीन-सिंगापुर मैत्री सहयागत्मक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चीन इच्छुक रहेको कुरा व्यक्त गर्नुभएको छ।

त्यसैगरी सिंगापुरका राष्ट्रपति तोनिले बधाई सन्देशमा चीनसँगको प्रयासमा द्बिपक्षीय सम्बन्धलाई आधार बनाउँदै द्बिपक्षीय सहयोगलाई प्रगाढ पार्ने तथा दुवै मुलुकका जनतालाई बढी लाभांश बाँड्ने आशा प्रकट गर्नुभएको छ।

त्यस्तै चीनका प्रधानमन्त्री र सिंगापुरका प्रधानमन्त्रीले पनि आजै पारस्परिक बधाई सन्देश पठाउनुभएको छ।

जानकारी तथा लेखहरु