फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सछ्वानमा नेपाली पर्यटनको प्रवर्द्धन

(GMT+08:00) 2015-10-04 18:59:43

         चीनको सछ्वान प्रान्तको इमिसान सहरमा भएको 'दोस्रो सछ्वान अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो–2015'मा नेपालको पर्यटनको प्रवर्द्धनका लागि प्रचारप्रसार गरिएको छ।

         नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजको सहकार्यमा नेपाल पर्यटन बोर्डले असोज 8 देखि 13 गतेसम्म सो प्रदर्शनीमा आफ्नो कक्ष राखेको बोर्डले जानकारी दिएको छ।

         नेपालको प्यागोडा शैली, विभिन्न क्षेत्रको पर्यटन आकर्षण, नेपाली हस्तकला लगायतका सामग्री प्रदर्शनीमा राखिएको थियो । बाह्र नेपाली हस्तकला संस्थाले त्यहाँ आफ्नो हस्तकलाको प्रचार गरेका थिए।

          प्रदर्शनीमा श्रव्य र दृश्य माध्यमबाट नेपालको पर्यटनबारे सूचना दिनुका साथै नेपालबारे जानकारीसहितको पुस्तिका नेपाली कक्षमा आएका चिनियाँ आगन्तुकलाई वितरण गरिएको थियो।

         कार्यक्रममा प्यासिफिक एसिया ट्राभल एसोसिएसन –पाटा-का अध्यक्ष केभिन बी मुर्फेले नेपाली कक्षमा उपस्थित भई भूकम्पपछिको नेपाली पर्यटनको पुनः उत्थानका लागि आफ्नो संस्थाले सहयोग गर्ने जानकारी दिनुभयो।

         प्रदर्शनीमा करिब एक लाख पचास हजार आगन्तुकले अवलोकन गरेका थिए। चीनको द्रूत आर्थिक वृद्धिसँगै त्यहाँका जनतामा देखिएको घुम्ने संस्कृतिको विकासको फाइदा लिन आवश्यक छ। सछ्वान प्रान्तको छेन्दुदेखि काठमाडौँसम्मको सिधा हवाई उडान रहेकामा यसले नेपालको पर्यटन विस्तारको विशाल सम्भावन बढाउने अपेक्षा लिइएको गोरखापत्र अनलाईनले लेखेको छ।

जानकारी तथा लेखहरु