फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तानमा भएको विस्फोटमा स्वास्थ्यकर्मीसहित 19 को मृत्यु

(GMT+08:00) 2015-10-04 19:01:48

         अफगानिस्तानको उत्तरी भागमा पर्ने कुन्दुजस्थित एक अन्तर्राष्ट्रिय चिकित्सा उद्धार संगठन "एम एस एफ"को चिकित्सा केन्द्रमा तीन तारिख अमेरिकी सेनाको शङकास्पद बम पड्किँदा मर्नेको संख्या हालसम्म उन्नाईस पुगेको छ भने अरु 37 जना घाइते भएका छन्।

        "एम एस एफ"ले मृत्यु भएकामध्ये तीन जना बालबालिका र बाह्र जना कर्मचारी रहेका जनाएको छ।

         दुवै पक्षबीचको लडाईंका क्रममा बम पड्कन सक्ने चेतावनी "एम एस एफ"ले अफगानिस्तान र अमेरिकी सेनाका चिकित्सा संस्थाहरुलाई पटक पटक पटक दिँदै आएको थियो।

           सो दुर्घटना भएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले दुर्घटनामा मृत्यु र घाइते भएका स्वास्थ्यकर्मी र सर्वसाधारणप्रति हार्दिक सम्वेदना व्यक्त गर्नुभएको छ। उहाँले अमेरिकी रक्षा मन्त्रालयले यो दुर्घटनाको जाँचबुझ गरिरहेको बताउनुभएको छ।

           यस्तै संयुक्त राष्ट्र संघका महासचिव बान कि मनुले पनि वक्तव्यमार्फत् हवाइ कार्वाहीको कडा निन्दा गर्नुभएको छ।

जानकारी तथा लेखहरु