फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"इस्लामिक स्टेट"माथिको प्रहारलाई अझै बढाउने रुसको भनाइ

(GMT+08:00) 2015-10-04 19:02:12
        रुसी सेनाले अक्टोबर तीन तारिखका दिन जनाएअनुसार तीन दिनमा गरिएको हवाई कार्वाहीबाट सिरियामा रहेको आंतकवादी संगठन "इस्लामिक स्टेट" कमजोर भएको छ। साथै रुपले "इस्लामिक स्टेट"माथि अझै प्रहार गर्दै जाने पनि जनाएको छ। रुसी प्रधानमन्त्री दमित्री मेदवेदेभले रुसी जनताको आतंकवादी त्रासलाई कम र्नका लागि रुसी हवाइ सेनाले सिरियामा कारवाही चलाएको दावी गर्नुभयो।

        रुसी सशस्त्र शक्ति सामान्यीकरण स्टाफ मुख्यालय सञ्चालन व्यूरोका प्रमुख एन्द्रे कार्तापोलोवले तीन तारिख गत महिनाको तीस तारिख हवाई प्रहारका गतिविधि संचालन गरिएयता "इस्लामिक स्टेट"का 50 वटा भन्दा बढी ठेगाना ध्वस्त पारेको बताउनुभयो। उहाँले आतंकबादको सामना गर्नका लागि रुसले सबै मुलुकसँग संयुक्त कारवाही संचालन गर्ने इच्छा पनि देखाउनुभयो।

जानकारी तथा लेखहरु