फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रसंघको 70औं महाधिवेशनको साधारण बहस सम्पन्न

(GMT+08:00) 2015-10-04 19:02:34

        संयुक्त राष्ट्रसंघको 70औं महासभाको साधारण बहस तीन तारिख न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सम्पन्न भएको छ। योसँगै 70 वार्षिकोत्सव सम्बन्धित सिलसिलावद्ध शिखर सम्मेलन सम्पन्न भयो।

        70औं महाधिवेशनका अध्यक्ष मोगेन्स लिकेतोफले टिप्पणी सम्बोधनमा संयुक्त राष्ट्र संघ स्थापनाको 70औं वार्षिकोत्सवको अवधिमा विभिन्न मुलुकका नेताद्बारा "संयुक्त राष्ट्र संघको चार्टर"को उद्धेश्य र सिद्धान्तलाई पुनःपुष्टी गर्नुका साथै अन्तर्राष्ट्रिय सहयोगमा संयुक्त राष्ट्रसंघको भूमिकालाई फेरि एक पटक प्रत्याभूत गरेको बताउनुभयो।

         संयुक्त राष्ट्र संघको विकास शिखर सम्मेलन सेप्टेम्बर 25 तारिखदेखि 27 तारिखसम्म संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना भएको थियो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग संयुक्त राष्ट्रसंघको 70औं वार्षिकोत्सवका सम्मेलनहरुमा सहभागी हुनुभएको थियो।

जानकारी तथा लेखहरु