फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी-20 समूहका अर्थ मन्त्रीस्तरीय सम्मेलन टर्कीमा हुँदै

(GMT+08:00) 2015-10-04 19:03:00

        बीस व्यापारिक मुलुक समूह अर्थात् जी -20 का अर्थ मन्त्रीस्तरीय सम्मेलन अक्टोबर पाँच र छ तारिख टर्कीको इस्तान्बुलमा आयोजना हुँदैछ। यसैबीच चार तारिख चीनका वाणिज्यमन्त्री काउ हु छङको नेतृत्वमा रहेको चीन सरकारको प्रतिनिधिमण्डल सम्मेलनका लागि प्रस्थान गरेको छ।

         थाहा भएअनुसार, विश्वव्यापी व्यापारिक बृद्धि गति सुस्त भएको विषयलाई यस सम्मेलनको प्रमुख विषय बनाइएको छ। यसबाहेक मध्य तथा साना व्यवसाय र कम-आय भएका विकासोन्मुख मुलुकलाई विश्व मूल्यको समान स्तरमा उकास्ने बहु-पक्षीय व्यापारिक प्रणालीको समर्थन दिने आदि विषय पनि सम्मेलनका छलफलका विषय हुनेछन् जसले आगामी नोभेम्बरमा आयोजना हुने जी -20 एण्टलान्टिक शिखर सम्मेलनको आर्थिक तथा व्यापारिक विषयको लागि तयारी गर्नेछ।

जानकारी तथा लेखहरु