फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जेरुसेलममा भएको आक्रमणमा दुई जना इजरेलीको मृत्यु

(GMT+08:00) 2015-10-04 19:03:24

        जेरुसेलमको पुरानो शहरमा तीन तारिख प्यालेष्टाइनीले चक्कु तथा गोली प्रहार गर्दा दुई जना इजरेलीको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएका छन्।

         तीन दिनयता प्यालेष्टाइनीले इजरेलीमाथि आक्रमण गरेको यो दोस्रो घटना हो। गत एक तारिख राति जोर्डन नदीको पश्चिमी किनारको उत्तरी भागमा पनि अर्को त्यस्तै गतिबिधि भएको थियो जसमा एक जोडी इजरेलीको मृत्यु भएको थियो।

         केही समययता इजरेल र प्यालेष्टाइन क्षेत्रको सुरक्षा अवस्था बिग्रिँदै गएको छ। जेरुसेलमको पुरानो शहर मन्दिर पहाडमा दुई पक्षबीच धेरै संघर्षका घटना भएका छन्।

जानकारी तथा लेखहरु