फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीको वैदेशिक सहायता कदमबाट मानव समुदायको भाग्योगदय हुने वाणिज्य मन्त्रालय अधिकारीको विश्वास

(GMT+08:00) 2015-10-04 19:03:47

         चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हाल संयुक्त राष्ट्रसंघ स्थापनाको सत्तरीऔँ वार्षिकोत्सवसम्बन्धी शिखर सम्मेलनमा चीनको वैदेशिक सहायताका कदमहरु घोषणा गर्नुभएको छ। त्यसबाट मानव समुदायको भाग्य र सही अधिकार तथा लाभको धारणा देखिएको चीनको वाणिज्यमन्त्रायका अधिकारीले बताएका छन्।

          यी विदेशी सहायता कदम यस प्रकार रहेका छन्: चीनले दक्षिण-दक्षिण सहयोग उद्धार कोषको स्थापना गर्नेछ, चीनले सम्बन्धित अति कम विकसित मुलुक, भूपरिवेष्ठित मुलुक, सानो टापुमा रहेका विकासोन्मुख मुलुकलाई सन् 2015सम्म फिर्ता नलिनेगरी सरकारी ब्याज-मुक्त ऋणको राहत दिनेछ। आगामी पाँच वर्षमा चीनले अरु विकासोन्मुख मुलुकलाई एक एक सय वटा गरिबी निवारण कार्यक्रम, कृषि सहयोग कार्यक्रम, अस्पताल, स्कूल तथा तालिम केन्द्र, पर्यावरण संरक्षण तथा जलवायु परिवर्तन कार्यक्रम, व्यापार प्रवर्द्धन सहायता कार्यक्रम प्रदान गर्नेछ। चीनले दक्षिण-दक्षिण सहयोग तथा विकास इस्टिट्युटको स्थापना गरी विकासोन्मुख मुलुकलाई क्षमता अभिवृद्धि तालिम दिनुका साथै आगामी पाँच वर्षमा अरु विकासोन्मुख मुलुकलाई महिला तथा बालबालिका स्वास्थ्य परियोजना प्रदान गर्नेछ।

जानकारी तथा लेखहरु